News Category 2079/11/11
उद्योगको उत्पादन ३० प्रतिशतमा झ¥यो, ब्यापार १० प्रतिशतमा सीमित, उद्योगी व्यापारीको समस्या समाधान नगरिए पसलमा ताल्चा लगाई आन्दोलनमा उत्रने चेतावनी
दैनिक समाचारदाता
राजविराज, ११ फागुन ।
सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवालले सप्तरीका उद्योग तथा ब्यापारको अवस्था कहालिलाग्दो बनेको भन्दै यसको सुधारका निम्ति उद्योगी व्यवसायीहरुको समस्यालाई अविलम्ब सम्बोधन गर्नु पर्ने माग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा बिहीबार उद्योगी ब्यवसायीहरुको समस्या बारे जानकारी तथा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने क्रममा उनले सो माग गरेका हुन् ।
उद्योगि व्यापारीहरुको समस्या बारे जानकारी गराउँदै उनले हाल जिल्लामा उद्योगहरु ३० प्रतिशत मात्र उत्पादन गर्न सकेको तथा व्यापार १० प्रतिशत सीमित भएको लाचारी सुनाए । उनले विभिन्न नाकाहरुबाट भन्सार छलेर अवैध रुपमा भित्रिरहेको सामानहरुका कारण स्थानिय बजारको ब्यापार धरापमा परेको जिकिर समेत गरे ।
उनले हाल बैंक तथा बित्तिय संस्थाहरुले ब्याज दर समेत दोब्बर गरेकाले व्यापारी ब्याज तिर्न नसक्ने अवस्था पुगेको बताउँदै सो ब्याजदरलाई अविलम्ब सच्याउनु पर्ने माग पनि गरे । ब्यापारीहरुले ऋण लिँदा ८ देखी १० प्रतिशत ब्याजदर कायम रहेकोमा हाल सो ब्याजदर बढेर १५ देखी १८ सम्म पुगेको अवस्था र व्यापारको अवस्था चौपट रहेकोले त्यसलाई सहज रुपमा ल्याउन स्थानिय प्रशासनमार्फत सरकारसँग अपिल समेत गरे ।
यता कोभिडका कारण धरासयी बनेको व्यापार व्यवसाय लयमा फर्कन लागेको बेला ऋण प्रवाह बन्द गर्नाका साथै व्याजदर अत्याधिक बढाउँदा व्यवसायीहरुले आत्महत्या नै गर्नु पर्ने अवस्था आएको बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ । ऋण र ब्याजकै चक्करमा फसेर तनाव झेल्न नसकि जिल्लामा आत्महत्याको घटना समेत बढ्दै गएको तर्फ ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीले यसतर्फ अविलम्ब पहल गर्नु पर्ने ज्ञापन पत्रमार्फत माग गरिएको छ ।
अर्थमन्त्री, बाणिज्य तथा आपूर्ती मन्त्री, मुख्यमन्त्री, उद्योग बाणिज्य संघ केन्द्रिय कार्यालय, जिल्ला प्रहरी कार्यालय र भन्सार कार्यालयलाई बोदार्थ दिइएको उक्त ज्ञापन मार्फत अविलम्ब सो समस्याको समाधान नखोजिए बाध्य भई आ–आफ्नो पसल, प्रतिष्ठान र उद्योगमा ताल्चा लगाई सम्पूर्णको साँचो प्रशासनलाई बुझाई आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।
ज्ञापन पत्र बुझाउनु पूर्व आयोजित छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी उपरिक्षक नरेन्द्र कार्की, सशस्त्र प्रहरी उपरिक्षक, भन्सार कार्यालयका प्रमुख, राजविराज नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत निरन्जन यादव लगायत उद्योगि, व्यापारीहरुको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ