News Category 2079/11/12
आगलागीले आधा दर्जन घर नष्ट, १७ लाख भन्दा बढीको क्षति
दैनिक समाचारदाता
राजविराज, १२ फागुन ।
सप्तरीको सुरुङ्गा नगरपालिकामा विद्युत सर्ट भएर विहीवार राती आगालागी हुँदा आधा दर्जन घर जलेर नष्ट भएको छ भने उक्त आगालागीबाट १७ लाख ४५ हजार मुल्य बराबरको नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
सो नगरपालिका ९ बेरबोनामा राती ९ वजे तीर रामचन्द्र यादवको घरमा विद्युत सर्ट भई सल्केको आगोले छिमेकीको घरहरु समेत गरी ६ घर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगालागीले रामचन्द्रका साथै छिमेकी परिक्षण यादव, रामकिशुन यादव, चन्द्र देव यादव, बलराम यादव र रामबृक्ष यादवको घर जलेको छ । ती सबै फुसको संरचना भएका घरहरु भएको प्रहरीको भनाई छ ।
आगालागीबाट बलराम यादवको ५ लाख ६५ हजार, परिक्षण यादवको ३ लाख २२ हजार, राम किशुन यादवको २ लाख ६१ हजार, चन्द्र देव यादवको २ लाख ५४ हजार, रामबृक्ष यादवको ३० हजार तथा बैजनाथ यादवको २५ हजार मुल्य बराबरको सम्पती जलेर नष्ट भएको उनको भनाई छ ।
आगोले अर्का छिमेकी बैजनाथ यादवको घर जोगाउन सकिए पनि बरन्डामा राखिएको उनको २५ हजार मुल्य बराबरको खाद्यान्न जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले बताए ।
स्थानीयवासी, प्रहरी तथा शम्भुनाथ र लहान नगरपालिकाको बारुणयन्त्रको मदतले २ घण्टाको प्रयास पछी आगो नियन्त्रणमा आएको डिएसपी सिंहले जानकारी दिए ।
यस अघि विहीवार दिउसो जिल्लाको बोदेबर्साईन नगरपालिका १० खडकपुरमा विद्युत सर्ट भइ आगलागी हुदा ४ घर जलेको थियो । उक्त आगलागिमा १७ लाख भन्दा बढीको क्षति भएको थियो । आगलागीका घट्ना दोहोरीन नदिन आवश्यक सर्तकता अपनाउन प्रहरीले सबैं संग अनुरोध गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ