News Category 2079/11/12
पूर्व अन्र्तराष्ट्रिय खेलाडी शिवाको निधन
दैनिक समाचारदाता
राजविराज, १२ फागुन ।
कवड्ीका अन्र्तराष्ट्रिय खेलाडी राजविराज ६ निवासी शिव कुमार साहु “शिवा” को बिहीबार राती निधन भएको छ ।
पेटको क्यान्सर रोगले गम्भीर विरामी परेका उनको विहिवार राती ९ बजे तीर आफ्नै निवासस्थलमा निधन भएको हो ।
जसपाका स्थानीय नेता समेत रहेका शिवाको शुक्रवार सप्तकोशी नदी किनारमा अन्त्येस्टि गरिएको छ । खेलकुद र राजनीतिक क्षेत्रमा राम्रो छवी बनाएका शिवालाई विदाई गर्न सयौं खेलाडी, पुर्व खेलाडी, जिल्ला खेलकुद विकास समितीका पदाधीकारी, पत्रकार, जनप्रतिनीधी, जसपाका नेता–कार्यकर्ता र शुभेच्छुकहरुको उनको घरमा भीड लागेको थियो ।
जिल्ला खेलकुद विकास समितीका पुर्व उपाध्यक्ष समेत रहेका उनको निवासस्थलमा जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख दिनेश भुजेल, खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोज कुमार माझी, जिल्ला फुटवल संघका अध्यक्ष राजकुमार परियार लगायतले पार्थिव शरिरमा समितीको झण्डा ओढाएर सम्मान ब्यक्त गरे ।
यस्तै जसपा मधेश प्रदेशका मुख्य सचिव दिनेश कुमार यादव, जिल्ला अध्यक्ष केदार यादव लगायतले पनि पार्टीको झण्डा ओढाएर सम्मान गरे ।
यस्तै राजविराज नगरपालिकाका पुर्व नगर प्रमुख गोविन्द सिंह, शैलेश चौधरी, नागरिक समाज सप्तरीका अध्यक्ष थान सिह भन्साली, जसपा नेता मो.युसुफ अली, शम्भु यादव, कवडीका अन्र्तराष्ट्रिय खेलाडी जीवन श्रेष्ठ, श्रीलाल देव “सिरीया”, जिल्ला फुटवल संघका महासचिव रमेश श्रेष्ठ, प्रशिक्षक संजय जोशी, उमेश गुरुङ, भारत्तोलनका प्रशिक्षक पुन्तीलाल यादव, फुटवलका पूर्वप्रशिक्षक सिताराम चौधरी, कवडी संघका पुर्व केन्द्रीय उपाध्यक्ष उमेश प्रसाद यादव, काँग्रेस नेता पुर्ण कुमार आले मगर, स्थानिय पंकज पोखरेल, वडा अध्यक्ष शशी चौधरी सहित अन्य राजनितीक दलका नेता तथा कार्यकर्ता समेत अन्तिम श्रद्धाञ्जलीमा सहभागी थिए ।
७० वर्षिय शिवा विगतमा सगरमाथा अंचलका लागी ५ पटक राष्ट्रिय पूmटवल प्रतियोगिता खेलेका थिए । यस्तै ६ पटक राष्ट्रिय कवडी प्रतियोगितामा सगरमाथा अञ्चलकै लागी खेलेर उत्कृष्ट प्रर्दशन गरेका थिए । उनी २ पटक दक्षिण एशियाली खेलकुदमा समेत नेपालको राष्ट्रिय कवडी टोलीमा सहभागी भई उत्कुष्ट प्रर्दशन गरेर चर्चामा रहे । पछिल्लो समय भने उनी खेल जीवनबाट सन्यास लिएर राजनीतिमा लागेका थिए ।
सप्तकोशी नदी किनार स्थित घाटमा उनको पार्थिव शरीरमा जेठो छोरा शेखरले दागवत्ती दिए । स्व. शिवाको २ छोरा, १ छोरी र श्रीमती छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ