News Category 2079/11/14
शैक्षिक सामाग्रि र भोजन गराएर दुगडले मनाए ७५ औं जन्मदिन
दैनिक समाचारदाता
राजविराज, १४ फागुन ।
राजविराजस्थित बहिरा बालक स्कुलका बालबालिकाहरुलाई एक बृद्ध समाजसेवीले शैक्षिक सामग्रि तथा भोजन गराएर आफ्नो ७५ औं जन्मदिन मनाएका छन् ।
राजविराज ६ स्थित बहिरा बालक स्कुलमै पुगेर राजविराज ७ निवासी समाजसेवी ७५ वर्षिय फुसराज दुगडले आइतबार त्यहा अध्ययनरत ३५ वटै सुस्त श्रवण विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि बितरण गर्नुका साथै भोजन गराएका हुन् ।
बितरण गरिएका शैक्षिक सामाग्रिहरुमा स्कुल ब्याग, पानीको बोतल, पोशाक तथा कपि, कलम, इरेजर, पेन्सिल लगायतका शैक्षिक छन् ।
कार्यक्रममा उनका जेठा छोरा मनोज र कान्छो छोरा मनिषले बालबालिकाहरुलाई मिष्ठान भोजन गराउँदै भविष्यमा विद्यार्थी र विद्यालयलाई आवश्यक पर्ने थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको विद्यालयकी निमित्त प्रधानाध्यापक चाँदनी कुमारी यादवले बताईन् ।
कार्यक्रममा दुगडका भाई हनुमान दुगड, वडा अध्यक्ष शशि चौधरी, निवर्तमान वडा अधयक्ष मागिलाल नाई, समाजसेवी प्रेम श्रेष्ठ, कृष्णप्रसाद सिटौला, संचारकर्मी लगायतको पनि उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ