News Category 2079/11/16
ट्याङकरबाट डिजल चोरी घटनामा एक जना कारागार चलान, दुई जना धरौटीमा छुटे
दैनिक समाचारदाता
राजविराज, १६ फागुन ।
ट्याङकरबाट डिजल चोरी घटनामा संलग्न रहेका मध्येबाट एक जनालाई अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको छ भने दुई जना धरौटीमा रिहा भएका छन् ।
ट्याङकरबाट डिजल चोरेर बेच्ने सप्तरीको कञ्चनरुप नगरपालिका ९ बस्ने २९ को नबराज भुजेल पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
यस्तै चोरीको डिजल खरीद गर्ने खडक ७ घर भएका भण्डार आयल स्टोरका संचालक ३५ वर्षिय श्याम कुमार साह ५ लाख तथा ट्याङकर चालक कञ्चनरुप ९ का ४५ वर्षिय बिनोद कुमार भुजेल १ लाख धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
गत माघ ११ गते बिहान नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगंज डिपो बाराबाट को.१ख. ३६५५ नम्बरको टयाङकरमा २० हजार लिटर डिजल लोड गरी नेपाल आयल निगम १ नम्बर प्रदेश प्रादेशिक कार्यालय बिराटनगरतर्फ लैजाने क्रममा सोही दिन साँझ ट्याङकर चोरी भएको थियो ।
उक्त ट्याङकर माघ १५ गते बिहान ९ बजेतिर जिल्लाकै शम्भुनाथ नगरपालिका वडा नं. २ खैरबना भन्ने स्थानमा बेबारिसे अवस्थामा फेला परेको उनले बताए । फेला परेको ट्याङकर चेक जाँच गर्दा ५ वटा च्याम्बरमा रहेको ४ हजार लिटरको दरले २० हजार लिटर डिजल मध्ये ४ वटा च्याम्बर खाली रहेको र एक वटा च्याम्बरमा मात्र डिजल रहेको थियो ।
प्रहरीले माघ १६ गते उनीहरुलाई नियन्त्रणमा लिई चोरी मुद्दा शिर्षक अन्तर्गत मुद्दा चलाएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ