News Category 2079/11/16
ट्याङकरबाट डिजल चोरी घटनामा एक जना कारागार चलान, दुई जना धरौटीमा छुटे
दैनिक समाचारदाता
राजविराज, १६ फागुन ।
ट्याङकरबाट डिजल चोरी घटनामा संलग्न रहेका मध्येबाट एक जनालाई अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको छ भने दुई जना धरौटीमा रिहा भएका छन् ।
ट्याङकरबाट डिजल चोरेर बेच्ने सप्तरीको कञ्चनरुप नगरपालिका ९ बस्ने २९ को नबराज भुजेल पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
यस्तै चोरीको डिजल खरीद गर्ने खडक ७ घर भएका भण्डार आयल स्टोरका संचालक ३५ वर्षिय श्याम कुमार साह ५ लाख तथा ट्याङकर चालक कञ्चनरुप ९ का ४५ वर्षिय बिनोद कुमार भुजेल १ लाख धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
गत माघ ११ गते बिहान नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगंज डिपो बाराबाट को.१ख. ३६५५ नम्बरको टयाङकरमा २० हजार लिटर डिजल लोड गरी नेपाल आयल निगम १ नम्बर प्रदेश प्रादेशिक कार्यालय बिराटनगरतर्फ लैजाने क्रममा सोही दिन साँझ ट्याङकर चोरी भएको थियो ।
उक्त ट्याङकर माघ १५ गते बिहान ९ बजेतिर जिल्लाकै शम्भुनाथ नगरपालिका वडा नं. २ खैरबना भन्ने स्थानमा बेबारिसे अवस्थामा फेला परेको उनले बताए । फेला परेको ट्याङकर चेक जाँच गर्दा ५ वटा च्याम्बरमा रहेको ४ हजार लिटरको दरले २० हजार लिटर डिजल मध्ये ४ वटा च्याम्बर खाली रहेको र एक वटा च्याम्बरमा मात्र डिजल रहेको थियो ।
प्रहरीले माघ १६ गते उनीहरुलाई नियन्त्रणमा लिई चोरी मुद्दा शिर्षक अन्तर्गत मुद्दा चलाएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ