News Category 2079/11/16
मोटरसाइकलको ठक्करबाट बालिकासहित तीन घाइते
दैनिक समाचारदाता
राजविराज, १६ फागुन ।
सप्तरीको दुई स्थानमा भएको मोटरसाइकल दुर्घटनामा एक बालिकासहित तीन जना घाइते भएका छन् ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ रामपुरा चौकस्थित मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते भएकी छिन् ।
हनुमाननगरबाट रम्पुरातर्फ जादै गरेको प्र.१–२–०२–०५प०१३५ नम्बरको मोटरसाइकलले ठक्कर दिदा स्थानिय ९ वर्षिया मनिसा कुमारी साह घाइते भएकी हुन् ।
प्रहरीका अनुसार ठक्करबाट मनिसाको टाउको, बाँया हात, दुबै खुट्टमा चोट र दुई वटा दात भाचेको छ । उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजमा भर्ना गरिएको तथा मोटरसाइकललाई नियन्त्रणमा लिई फरार रहेका चालकको खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै जिल्लाको डाक्नेश्वरी नगरपालिका ५ सुन्दरपुर पातो कठौना सडक खण्डमा मोटरसाइकलले ठक्कर दिदा एक साइकल यात्री र मोटरसाइकल चालक समेत घाइते भएका छन् ।
ब्रहम्पुरतर्फ जादै गरेको स.४प.६०६० नम्बरको मोटरसाइकलले सोही दिशा आउदै गरेको पदैल यात्रीलाई स्थानिय मुसहरी टोल निवासी ६० वर्षिय रामदेव सदालाई ठक्कर दिएको हो ।
प्रहरीका अनुसार ठक्करबाट सदाको दाहिने तिग्रा, दुबै हात र टाउकोमा चोट लागेको तथा मोटरसाइकल चालक डाक्नेश्वरी ७ ब्रहम्पुर निवासी ५० वर्षका बिजय मोहन चौधरीको दुबै घुडा र दूबै हातमा चोट लागेको छ ।
दुबैलाई उपचारका लागि उमाकान्त कल्पना मेमोरियल अस्पताल पातोमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ