News Category 2079/11/17
अस्पतालमा टोकन प्रणाली लागु

दैनिक समाचारदाता
राजविराज, १७ फागुन ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा बुधबारदेखी टोकन प्रणाली सेवा लागु गरिएको छ ।
स्वास्थ्य सेवा लिन आउनेको चाप बढ्दै गएपछि सहज, सरल र ब्यवस्थित ढंगले सेवा प्रदान गर्ने उदेश्यले सो प्रणाली लागु गरिएको अस्पताल प्रशसनले जनाएको छ ।
उक्त सेवाको एक कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले उद्घाटन गर्दै समयको बचत, सेवा प्रवाहको उचित व्यवस्थापनका साथै बिरामी र उनका आफन्तले पूर्जा काट्न घण्टौं लाइन लाग्नु पर्ने बाध्यताको अन्त हुने विश्वास व्यक्त गरे ।
बिरामीको चाप बढेसँगै सेवा प्रवाहा अस्तव्यस्त हुन थालेपछि यसलाई ब्यवस्थापन गर्न टोकन प्रणाली लागु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहले बताए । अस्पतालमा सुधारको प्रयास थालेसँगै अहिले दैनिक ५ सयदेखी ८ सयसम्म बिभिन्न रोगका बिरामी स्वास्थ्य सेवा लिन आउने गरेको उनले बताए ।
उक्त टोकन प्रणाली अस्पतालबाट उपलब्ध हुने सबै खाले सेवामा लागु गरिएको र यसको प्रभावकारी कार्यान्वयनका लागि थप कर्मचारी समेत परिचालन हुने अस्पताल प्रशासनले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ