News Category 2079/11/17
अस्पतालमा टोकन प्रणाली लागु
दैनिक समाचारदाता
राजविराज, १७ फागुन ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा बुधबारदेखी टोकन प्रणाली सेवा लागु गरिएको छ ।
स्वास्थ्य सेवा लिन आउनेको चाप बढ्दै गएपछि सहज, सरल र ब्यवस्थित ढंगले सेवा प्रदान गर्ने उदेश्यले सो प्रणाली लागु गरिएको अस्पताल प्रशसनले जनाएको छ ।
उक्त सेवाको एक कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले उद्घाटन गर्दै समयको बचत, सेवा प्रवाहको उचित व्यवस्थापनका साथै बिरामी र उनका आफन्तले पूर्जा काट्न घण्टौं लाइन लाग्नु पर्ने बाध्यताको अन्त हुने विश्वास व्यक्त गरे ।
बिरामीको चाप बढेसँगै सेवा प्रवाहा अस्तव्यस्त हुन थालेपछि यसलाई ब्यवस्थापन गर्न टोकन प्रणाली लागु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहले बताए । अस्पतालमा सुधारको प्रयास थालेसँगै अहिले दैनिक ५ सयदेखी ८ सयसम्म बिभिन्न रोगका बिरामी स्वास्थ्य सेवा लिन आउने गरेको उनले बताए ।
उक्त टोकन प्रणाली अस्पतालबाट उपलब्ध हुने सबै खाले सेवामा लागु गरिएको र यसको प्रभावकारी कार्यान्वयनका लागि थप कर्मचारी समेत परिचालन हुने अस्पताल प्रशासनले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ