News Category 2079/11/19
हनुमाननगर कंकालिनीमा पहिलो पटक राष्ट्रपति कप

दैनिक समाचारदाता
राजविराज, १८ फागुन ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा पाँच वर्षको अवधीमा पहिलो पटक नगर स्तरिय प्रथम राष्ट्रपति रनिङ शिलड तथा माध्यमिक विद्यालय स्तरिय खेलकुद प्रतियोगिता बिहीबारदेखी सुरु भएको छ ।
भारदहस्थित विपि स्मारक पब्लिक माधयमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । हनुमाननगर कंकालिनी नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको प्रमुख अतिथि प्रदेशसभा सदस्य मो. सकिल तथा नगर प्रमुख बिरेन्द्र माझीले ब्यानर अनावरण गरेर उद्घाटन गरे ।
विद्यालय विद्यालयबीच भावनात्मक सम्बन्धको विकास तथा विद्यालयस्तरबाट विभिन्न खेलका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले पहिलो पल्ट नगरमा उक्त प्रतियोगिताको आयोजना गरिएको नगर प्रमुख बिरेन्द्र माझीले बताए । उनले राष्ट्रिय अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादनका लागि नगरपालिकाको साधन श्रोतले भ्याएसम्म लगानी गर्ने प्रतिबद्धता पनि जनाए ।
नगरका इष्टर्न ज्योती सेकेन्ड्री स्कुल, शिशु कल्याण विद्या मन्दिर, कंकालिनी माध्यमिक विद्यालय, महाविर माध्यमिक विद्यालय, सप्तकोशी सेकेन्ड्री स्कुल, मधवापुर माध्यमिक विद्यालय, रम्पुरा माधयमिक विद्यालय र विपि स्मारक पब्लिक माध्यमिक विद्यालय गरि ८ विद्यालयका झण्डै ७ सय ५० खेलाडी प्रतियोगितामा सहभागि छन् ।
उद्घाटन समारोहमा सहभागि प्रमुख अतिथि तथा अतिथिहरु ४ सय मिटरको दौडमा समेत सहभागि भई खेलको रोचक ढंगले शुभारम्भ गरेका छन् । १७ जना सहभागि उक्त ४ सय मिटरको दौडमा नगरपालिकाका शिक्षा अधिकृत हरिनारायण साह, हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र माझी, वडा अध्यक्ष राकेश ठाकुर र प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहार क्रमशः प्रथम, द्वतिय, तितृय र चतुर्थ भए ।
प्रतियोगिता शुक्रबारसम्म चल्ने छ । प्रतियोगितामा एथलेटिक्स र कबडीका खेलहरु हुनेछन् । नगरप्रमुख माझीको अध्यक्षतमा आयोजित उद्घाटन समारोहमा उपप्रमुख सरिता यादव, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, इष्टर्न ज्योती सेकेन्ड्री स्कुलका संस्थापक प्रिन्सिपल थानेश्वर साह, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल लगायतले पनि शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ