News Category 2079/11/19
विद्युत चोरीमा एकै वडाका ६ जना गरी ७ जना कारवाहीमा
दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
विद्युत चोरी गरेको आरोपमा सप्तरीको विष्णुपुर गाँउपालिकाका एउटै वडाका ६ जना गरी ७ जना पक्राउ परेका छन् ।
सो गाउँपालिका वडा २ मा शुक्रवार विधुत हुकिङ्ग गरेर चोरी गरीरहेको अवस्थामा ६ जना र अर्काे वडा न. ४ का १ गरी ७ जना पक्राउ परेका हुन ।
विद्युत प्राधिकरण वितरण केन्द्र राजविराज शाखाका कर्मचारी, शसस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले वडा नं. २ का लतर मुखिया, राजदेव यादव, दुखी लाल यादव, रमेश साह, जिवछ यादव र रवी साहलाई पक्राउ गरेको छ । यस्तै विद्युत चोरी कै आरोपमा सोही गाउँपालिका वडा नं. ४ का गोविन्द साह पनि पक्राउ परेका छन् ।
उनीहरु प्राधिकरणको विद्युत पोलमा हुक लगाई वत्ती बालिरहेको अवस्थामा पक्राउ परेको विद्युत प्राधिकरण वितरण के्न्द्र राजविराजका प्रमुख मधुसुधन यादवले जानकारी दिए । उनीहरुबाट प्रति ब्यक्ती १५ हजार ५ सय जरिवाना असुली तथा सचेत गराई मात्र छाडीने प्रहरीले जनाएको छ ।
राजविराज वितरण केन्द्र अन्र्तगत कुल ५३ हजार ९ सय ८८ ग्राहक छन् । विषेश गरी ग्रामिण क्षेत्रमा विद्युत हुकिङ्ग गरेर चोरी गर्ने गरिएको सुचना आउन थालेपछी प्रहरीको सहयोगमा निगरानी बढाइएको केन्द्रले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ