News Category 2079/11/19
स्ववियु निर्वाचनका लागि नेवि संघको दुई समूहसहित १० दल तथा समूह दर्ता
दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
आउँदो चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि शुक्रबार दल दर्ता प्रक्रिया सम्पन्न भएको छ । बिहान १० बजदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका लागि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराएका छन् ।
निर्वाचनका लागि राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा १० वटा दल तथा समूहहरुले दर्ता गरेको स्ववियु निर्वाचन अधिकृत रामअशिष यादवले जानकारी दिदै त्यसमध्ये नेपाली काँग्रेस निकट दुई विद्यार्थी समूहले दल दर्ता गरेको बताए । क्याम्पसमा २ हजार भन्दा बढी विद्यार्थीहरु (मतदाता) रहेका छन् ।
दर्ता भएका दल तथा समूहहरुमा समाजवादी विद्यार्थी युनियन नेपाल (जसपा निकट), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (नेकपा एमाले निकट), अखिल क्रान्तिकारी (माओवादी केन्द्र निकट), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (नेकपा एस निकट), लोकतान्त्रिक विद्यार्थी संघ (लोसपा निकट), नेपाल विद्यार्थी संघ (काँग्रेस निकट, मनोज कुमार यादव समूह), आम विद्यार्थी मोर्चा, राष्ट्रिय विद्यार्थी परिषद् (राप्रपा निकट), नेपाल विद्यार्थी संघ (काँग्रेस निकट, रंजनकुमार यादव समूह) र विद्यार्थी जनमत संघ (जनमत निकट) छन् ।
यस्तै निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी सङ्गठनले यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन् ।
स्ववियु निर्वाचनका लागि आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको तोकिएको छ । देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुने छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ