News Category 2079/11/19
राजविराज नगरपालिका क्षेत्रमा गाजा खेती सर्वाधिक
दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
सप्तरी प्रहरीले गाजा खेती फडान गर्ने अभियान चलाएपछि अहिले जिल्लाको विभिन्न स्थानमा सो अभियानलाई निरन्तरता दिएको छ ।
प्रहरीले उनका अनुसार चालु आ.ब.मा सबैभन्दा बढी राजविराज नगरपालिकाको विभिन्न वडाका गरी ३ हजार १ सय ८० गाँजाको बोट नष्ट गरिएको छ ।
चालु आ.व.०७९÷०८० को हाल सम्म जिल्लामा १८ मध्ये १६ वटा स्थानीयतहका विभिन्न स्थानबाट गरी १७ हजार १ सय ३८ वटा गाँजाको बोट फडानी गरी नष्ट गरिसकेको प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् । यस अवधीमा भने सप्तकोशी नगरपालिका र छिन्नमस्ता गाउँपालिका क्षेत्रबाट भने एउटा पनि गाँजाको बोट फेला नपरेको प्रहरी तथ्याङ्गले देखाएको छ ।
गत आर्थिक वर्ष २०७८÷०७९ मा ८ हजार ७ सय ७२ गाँजाको बोट फडानी गरी नष्ट गरेको उनले बताए । राजविराज पछी सबै भन्दा धेरै डाक्नेश्वरी नगरपालिकाबाट २ हजार ४ सय ८५ गाँजाको बोट फडानी गरिएको प्रहरी तथ्याङ्कले देखाएको छ । यस्तै महादेवा गाउँपालिकाबाट २ हजार २ सय ४०, तिरहुत गाउँपालिकाबाट २ हजार १ सय ६, बोदेवर्साइन नगरपालिकाबाट १ हजार ७ सय ५०, अग्नीसाईर कृष्णासवरण गाउँपालिकाबाट ६ सय ५०, विष्णुपुर गाउँपालिकाबाट ४ सय १०, शम्भुनाथ नगरपालिकाबाट ३ सय ८०, तिलाठी कोइलाडी गाउँपालिकाबाट ३ सय २० र खडक नगरपालिकाबाट २ सय १४ गाँजाको बोट नष्ट गरिएको छ ।
कंचनरुप नगरपालिकाबाट १ सय ७६, सुरुङ्गा नगरपालिकाबाट १ सय ३८, राजगढ गाउँपालिकाबाट १ सय २५, बलान विहुल गाउँपालिकाबाट १ सय ५ तथा रुपनी गाँउपालिकाबाट ५० वटा गाँजाको बोट फडानी गरी नष्ट गरिएको छ ।
लागू औषधको रुपमा गाँजाको प्रयोग र कारोबार बढ्दै गएपछी प्रहरीले पछिल्लो चरणमा शुक्रवार सुरुङ्गा नगरपालिका वडा नंंं १० सिस्वा थल्हा टोलमा लगाइएको ४ दर्जन भन्दा बढी गाँजाको बोट प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
दुई दिन अघि मात्र प्रहरीले जिल्लाको हनुमाननगर कंकालिनी र डाक्नेश्वरी नगरपालिकाको विभिन्न स्थानमा लुकीछिपी लगाइएको दर्जनौ गाँजाको बोट फडानी गरी नष्ट गरेको थियो ।
जिल्लाको खोजी टोलीले गाँजा खेती भइरहेको विभिन्न स्थानको पत्ता लगाएपछी जिल्लाबाट खट्ने थप टोलीले गाँजा खेती नष्ट गर्ने अभियान नै चलाएको डिएसपी नरेश कुमार सिंहले बताए । गरिबीका नाममा प्रतिबन्धित र स्वास्थ्यमा गम्भिर असर पार्ने खालका यस्ता वाली उत्पादन गर्न कसैलाई छुट नदिने निती अनुसार गाँजाको फडानी अभियान चलाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ