News Category 2079/11/19
राजविराज नगरपालिका क्षेत्रमा गाजा खेती सर्वाधिक
दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
सप्तरी प्रहरीले गाजा खेती फडान गर्ने अभियान चलाएपछि अहिले जिल्लाको विभिन्न स्थानमा सो अभियानलाई निरन्तरता दिएको छ ।
प्रहरीले उनका अनुसार चालु आ.ब.मा सबैभन्दा बढी राजविराज नगरपालिकाको विभिन्न वडाका गरी ३ हजार १ सय ८० गाँजाको बोट नष्ट गरिएको छ ।
चालु आ.व.०७९÷०८० को हाल सम्म जिल्लामा १८ मध्ये १६ वटा स्थानीयतहका विभिन्न स्थानबाट गरी १७ हजार १ सय ३८ वटा गाँजाको बोट फडानी गरी नष्ट गरिसकेको प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् । यस अवधीमा भने सप्तकोशी नगरपालिका र छिन्नमस्ता गाउँपालिका क्षेत्रबाट भने एउटा पनि गाँजाको बोट फेला नपरेको प्रहरी तथ्याङ्गले देखाएको छ ।
गत आर्थिक वर्ष २०७८÷०७९ मा ८ हजार ७ सय ७२ गाँजाको बोट फडानी गरी नष्ट गरेको उनले बताए । राजविराज पछी सबै भन्दा धेरै डाक्नेश्वरी नगरपालिकाबाट २ हजार ४ सय ८५ गाँजाको बोट फडानी गरिएको प्रहरी तथ्याङ्कले देखाएको छ । यस्तै महादेवा गाउँपालिकाबाट २ हजार २ सय ४०, तिरहुत गाउँपालिकाबाट २ हजार १ सय ६, बोदेवर्साइन नगरपालिकाबाट १ हजार ७ सय ५०, अग्नीसाईर कृष्णासवरण गाउँपालिकाबाट ६ सय ५०, विष्णुपुर गाउँपालिकाबाट ४ सय १०, शम्भुनाथ नगरपालिकाबाट ३ सय ८०, तिलाठी कोइलाडी गाउँपालिकाबाट ३ सय २० र खडक नगरपालिकाबाट २ सय १४ गाँजाको बोट नष्ट गरिएको छ ।
कंचनरुप नगरपालिकाबाट १ सय ७६, सुरुङ्गा नगरपालिकाबाट १ सय ३८, राजगढ गाउँपालिकाबाट १ सय २५, बलान विहुल गाउँपालिकाबाट १ सय ५ तथा रुपनी गाँउपालिकाबाट ५० वटा गाँजाको बोट फडानी गरी नष्ट गरिएको छ ।
लागू औषधको रुपमा गाँजाको प्रयोग र कारोबार बढ्दै गएपछी प्रहरीले पछिल्लो चरणमा शुक्रवार सुरुङ्गा नगरपालिका वडा नंंं १० सिस्वा थल्हा टोलमा लगाइएको ४ दर्जन भन्दा बढी गाँजाको बोट प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
दुई दिन अघि मात्र प्रहरीले जिल्लाको हनुमाननगर कंकालिनी र डाक्नेश्वरी नगरपालिकाको विभिन्न स्थानमा लुकीछिपी लगाइएको दर्जनौ गाँजाको बोट फडानी गरी नष्ट गरेको थियो ।
जिल्लाको खोजी टोलीले गाँजा खेती भइरहेको विभिन्न स्थानको पत्ता लगाएपछी जिल्लाबाट खट्ने थप टोलीले गाँजा खेती नष्ट गर्ने अभियान नै चलाएको डिएसपी नरेश कुमार सिंहले बताए । गरिबीका नाममा प्रतिबन्धित र स्वास्थ्यमा गम्भिर असर पार्ने खालका यस्ता वाली उत्पादन गर्न कसैलाई छुट नदिने निती अनुसार गाँजाको फडानी अभियान चलाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ