News Category 2079/11/20
रंगहरुको त्योहार होलीको पनि रौनकता हराउँदै, परम्पराको संरक्षण गर्दै मर्यादित रुपमा होली पर्व मनाउन प्रहरीको आग्रह
राजविराज÷तराई मधेशमा एकपछि अर्को पर्वहरुको रौनक घट्दै गइरहेको छ । हिन्दुहरुको महान पर्व वडा, तिहार जस्तो पर्वमा रौनकता घट्दै गएपछि अर्को रंगहरुको त्योहार होलीको पनि रौनकता हराउँदै गइरहेको छ ।
एक आपसमा रंग, अबिर खेल्दै मनाइने उत्साह र उमंगको प्रसिद्ध धार्मिक पर्व होलीको रौनक घट्दै गएको पाइएको छ । विगत तीन वर्ष कोरोनाका कारण रौनकता घटेको होली पर्वको उत्साह यस वर्ष पनि घटको छ । यस बाहेक बढ्दो महंगी र घट्दो आयका कारण पनि होलीको उत्साह घट्दै गएको हो ।
होली पर्वको २÷३ दिन अघि देखि नै यहाँका माडवारी समुदाय बाजार क्षेत्रमा ढोल (नगारा) सहित एकत्रित भएर आफ्नो भाषामा गाउने गरेको होली गीत यस वर्ष पनि सुनिएको छैन । ष्
व्यवसायिक मन्दीका साथै बहिर रहेका अधिकांश परिवारका सदस्य समेत यसपल्ट होली मनाउन नफर्केका कारण विगतका कार्यक्रमलाई निरन्तरता दिन नसकिएको माडवारी युवा मञ्चका सल्लाहकार बैजु जोशी बताउँछन् । होलीमा प्रयोग हुने रंग, अबिर, पिचकारी तथा खाद्य परिकारको समेत मूल्य बढेका कारण होलीको आगमन हुन १÷२ दिनमात्र बाँकी रहँदा पनि रौनकता नदेखिएको उनको भनाई छ ।
होली सुरु हुनु एक÷दुई दिन अगावै नै माडवारी समुदाय सँगै अन्य समुदायका युवाहरुको समूह समेतले होलीको गित गाउँदै र ढोल बजाउँदै बजार क्षेत्रमा नाचगान गर्दै होलीको स्वागत गर्न आतुर देखिन्थे । तर, अहिले त्यस्तो समूह र दृश्य देख्न छाडिएको छ।
मैथिली साहित्य परिषद्का अध्यक्ष सतिश दत्तले नगरका पाका र अगुवाले छाडेर गएका परम्परा नयाँ पुस्ताका युवाले नअगालेपछि होलीको रौनकता घट्दै गएको सुनाए । पुरानाले अंगालेको परम्परा नयाँले अंगाल्न चाहँदैन अब के गर्ने ? उनको भनाई छ । उनले यो अभिभारा अब नयाँ पुस्ताले उठाउनु पर्ने र यसको संरक्षण र सम्वद्र्धनमा सबैले सहयोग गर्नु पर्ने बताए ।
यता जिल्ला प्रहरी कार्यालयले होलीमा जबरजस्ती रंग हाल्ने, लोला हान्ने र विकृत गतिविधि नगर्न सबैसँग अपिल गरेको छ । शनिवारदेखि बजारको चौक चौकमा म्याकिङ मार्फत प्रहरीले खुला रुपमा मद्यपान, धुम्रपान जस्ता विकृति पूर्ण कार्य नगर्न समेत सचेत गराउँदै होली पर्वलाई शान्त, सुरक्षित र मर्यादित ढंगले मनाउन आग्रह गरिरहेको छ । प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले मनोरञ्जन गर्न पाइने तर, त्यसका नाममा विकृति गर्नेलाई नछाडिने भन्दै मर्यादित रुपमा होली मनाउन सबैसँग अनुरोध गरिएको बताए् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ