News Category 2079/11/21
श्रोत नखुलेको रुपैयाँसहित भारतीय नागरिक पक्राउ
दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ खाडो खोला नजिकबाट श्रोत नखुलेको ८६ हजार ६ सय ५० भारतीय रुपैयाँसहित एक भारतीय व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यको कैसुर दत्तिया ग्राम पञ्चायत निवासी ५४ वर्षिय चन्द्रशेखर ठाकुर छन् ।
शुक्रवार साँझ पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान पुरा भएपछि कार्वाहीको लागि आइतबार सुनसरीको इटहरीस्थित आन्तरिक राजश्व अनुसन्धान कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ ।
भारतीय सीमासँग जोडिएको उक्त क्षेत्रमा भारतबाट पैदलै आउँदै गरेको अवस्थामा शंका लागि तिलाठी प्रहरी चौकी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सप्तरीबाट खटेको संयुक्त टोलीले चेक जाँचको क्रममा श्रोत नखुलेको उक्त रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ