News Category 2079/11/21
सरकारले पत्रकारको हकहितका लागि काम गर्नुपर्नेमा पूर्वमन्त्री साहको जोड
दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
प्रेस मञ्च नेपालको दोश्रो सप्तरी जिल्ला अधिवेशन आइतबार राजविराजमा सम्पन्न भएको छ ।
अधिवेसनको एक कार्यक्रमकाबीच उद्घाटन गर्दै मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्र प्रसाद साहले पत्रकारहरुले व्यवस्था परिवर्तनका लागि गरेको योगदानको प्रशंसा गरे । उनले पत्रकारिता क्षेत्रमा देखिएका बिकृती, बिसंगतिलाई हटाएर इमान्दारीपूर्वक कलम चलाउनुपर्नेमा जोड् दिए ।
पत्रकारहरुको सुरक्षा र वृत्तिविकासका निम्ति राज्यले ध्यान नदिएको भन्दै उनले सरकारले पत्रकारको हकहितका लागि काम गर्नुपर्नेमा जोड् दिए ।
कार्यक्रममा बोल्दै प्रेस मंचका महासचिव अवधेश कुमार झाले पत्रकारहरु अहोरात्र काम गरेपनि राज्यले यथोचित ध्यान दिन नसकेको बताए ।
आम संचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारको हकहितका निम्ति काम गर्न खोजिएपनि कर्मचारी अभावका कारण गर्न नसकिरहेको दोहो¥याए ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, केन्द्रीय सदस्य ललिता साह, शाखाका पूर्व अध्यक्षहरु बैद्यनाथ झा, मुरली प्रसाद यादव, धिरेन्द्र प्रसाद साह लगायतले पत्रकारिता क्षेत्रलाई बदनाम गर्न बाहिरका व्यक्तिहरु लागिपरेकाले सबै मिलेर यो समस्याको समाधान गर्नुपर्ने बताए ।
कार्यक्रममा जसपाका नेता शम्भु झा, जिल्ला अध्यक्ष केदार यादव, राजनीतिक समिति सदस्य अमरनाथ मण्डल, प्रेस मंचका उप महासचिव बैद्यनाथ यादव, वरिष्ठ पत्रकार अनिल कुमार अनल, नेपाल प्रेस यूनियनका उपाध्यक्ष बिनय कुमार लाल कर्ण, प्रेस चौतारीका अध्यक्ष डम्बर राईसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।
मंचका अध्यक्ष बृजमान तामंगको अध्यक्षतामा आयोजित उद्घाटन सत्रको संचालन सचिव जितेन्द्र झाले गरेका थिए । स्वागत मन्तव्य सदस्य विद्यानन्द रामले दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ