News Category 2079/11/21
सरकारले पत्रकारको हकहितका लागि काम गर्नुपर्नेमा पूर्वमन्त्री साहको जोड
दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
प्रेस मञ्च नेपालको दोश्रो सप्तरी जिल्ला अधिवेशन आइतबार राजविराजमा सम्पन्न भएको छ ।
अधिवेसनको एक कार्यक्रमकाबीच उद्घाटन गर्दै मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्र प्रसाद साहले पत्रकारहरुले व्यवस्था परिवर्तनका लागि गरेको योगदानको प्रशंसा गरे । उनले पत्रकारिता क्षेत्रमा देखिएका बिकृती, बिसंगतिलाई हटाएर इमान्दारीपूर्वक कलम चलाउनुपर्नेमा जोड् दिए ।
पत्रकारहरुको सुरक्षा र वृत्तिविकासका निम्ति राज्यले ध्यान नदिएको भन्दै उनले सरकारले पत्रकारको हकहितका लागि काम गर्नुपर्नेमा जोड् दिए ।
कार्यक्रममा बोल्दै प्रेस मंचका महासचिव अवधेश कुमार झाले पत्रकारहरु अहोरात्र काम गरेपनि राज्यले यथोचित ध्यान दिन नसकेको बताए ।
आम संचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारको हकहितका निम्ति काम गर्न खोजिएपनि कर्मचारी अभावका कारण गर्न नसकिरहेको दोहो¥याए ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, केन्द्रीय सदस्य ललिता साह, शाखाका पूर्व अध्यक्षहरु बैद्यनाथ झा, मुरली प्रसाद यादव, धिरेन्द्र प्रसाद साह लगायतले पत्रकारिता क्षेत्रलाई बदनाम गर्न बाहिरका व्यक्तिहरु लागिपरेकाले सबै मिलेर यो समस्याको समाधान गर्नुपर्ने बताए ।
कार्यक्रममा जसपाका नेता शम्भु झा, जिल्ला अध्यक्ष केदार यादव, राजनीतिक समिति सदस्य अमरनाथ मण्डल, प्रेस मंचका उप महासचिव बैद्यनाथ यादव, वरिष्ठ पत्रकार अनिल कुमार अनल, नेपाल प्रेस यूनियनका उपाध्यक्ष बिनय कुमार लाल कर्ण, प्रेस चौतारीका अध्यक्ष डम्बर राईसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।
मंचका अध्यक्ष बृजमान तामंगको अध्यक्षतामा आयोजित उद्घाटन सत्रको संचालन सचिव जितेन्द्र झाले गरेका थिए । स्वागत मन्तव्य सदस्य विद्यानन्द रामले दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ