News Category 2079/11/21
नीति तथा कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा सहिद परिवार अझै पनि पीडामा ः मन्त्री यादव
दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
मधेश प्रदेशकी वन, पर्यटन तथा उद्योग मन्त्री सुनिता यादवले सहिद परिवारका लागि सरकारले बनाएको नीति तथा कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा सहिद परिवार अझै पनि पीडामा बसिरहेको गुनासाहरु बेला बेलामा आउने गरेको बताएकी छिन् ।
सहिद सप्ताहको अन्तिम दिन आईतवार नेकपा माओवादी केन्द्र सप्तरीले आयोजना गरेको “सहिद एवम् वेपत्ता परिवारका योद्धाको अभिनन्दन समारोह” मा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन ।
आफ्नो जन्मथलो धनुषा भएपनि जनयुद्धका बेला कर्मथलो सप्तरी नै भएकाले यहाँका जनताप्रति विशेष लगाव रहेको समेत उनले बताइन । सो अवसरमा ४० जना सहिद परिवारलाई मन्त्रि यादवले सम्मान गरेकी थिइन ।
उनले जनयुद्धका क्रममा आफ्नै परिवारका तीन सदस्यलाई गुमाएकाले सहिद परिवारको पीडा नजिकबाट बुझेको र महसुस गरेको बताइन् । जनयुद्धकै क्रममा आफ्नो बुवा रामवृक्ष, पति डम्बर र भाई शेखरलाई गुमाउनु परेको पीडा अझै मसँग छ, उनले भनिन, “त्यसैले शहिदर परिवारले भोगिरहनु परेको पीडा बारे म पूर्ण जानकार छु, नजिकबाट महसुस गरेकी छु ।”
उनले यसको समाधानका लागि मेरो तर्फबाट कुनै कसर बाँकी नरहने बताइन् । सहिदको वलिदानका कारण निरंकुशता अन्त भई लोकतन्त्र, गणतन्त्र स्थापना हुँदै मुलुकले नयाँ संविधान पाएसँगै समृद्धिको यात्रामा देश अघि बढेको जिकिर गर्दै उनले सहिद परिवारलाई राज्यले दिने सुविधामा कुनै कन्जुस्याई स्वीकार्य नहुने दृृढता व्यक्ति गरिन ।
पूर्व मन्त्री एवम् नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष उमेश प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य असर्फी सदा, अरुण साह अनिल, पूर्व प्रदेश कमिटि सदस्य छेदी रजक विमल, भागवत यादव, वाइसीएलका केन्द्रीय सचिव शिव कुमार राम, पत्रकार महासंघ सप्तरीका सभापति श्रवण देव, प्रेस सेन्टर मधेश प्रदेशका महासचिव गोपाल प्रसाद गुप्ता, सहिद परिवारकी रीता चौधरी लगायतले पनि सहिदको योगदान बारे चर्चा गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ