News Category 2079/11/22
सप्तरीमा अश्वमेघ महायज्ञ हुँदै
दैनिक समाचारदाता
राजविराज, २२ फागुन ।
सप्तरीको तिरहुत गाउँपालिका ५ लोहजरामा फागुन २७ देखी विष्णु महायज्ञ हुने भएको छ ।
मानव कल्याण, हिन्दु धर्मको रक्षा तथा यसको धार्मिक महत्व बारे चेतना फैलाउन उद्देश्यले महायज्ञको आयोजन ागर्न लागिएको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष श्री बाबा सन्यासीले सोमबार महायज्ञ स्थलमै पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएका छन् ।
महायज्ञ चैत ५ सम्म चल्ने छ । भव्य रुपमा हुन लागेको महायज्ञको अनुमानित लागत १० लाख रुँपैया रहेको समितिका कोषाध्यक्ष बद्री अरगरियाले जानकारी दिए ।
महायज्ञमा भारतका ख्यातिप्राप्त यज्ञाचार्य डा. महन्थ जानकी बल्लभ दास बेदान्ती, राधादेवी, स्वामी कल्याण जी महाराज र गोपाल दास लगायतका सन्तमहन्तबाट कथा वाचन र प्रवचन लगायतका धार्मिक कार्यक्रम हुने समितिका सचिव श्याम नारायण झकरैतले बताए ।
मानव कल्याणका लागि गरिने महायज्ञका लागि लोहजरास्थित सन्यासी थान मैदानमा मूर्ती र पण्डाल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
महायज्ञमा ३ लाख भन्दा बढी भक्तजन सहभागि हुन आउने अपेक्षा गरिएको र सोही अनुसारको तयारी गरिएको उनले बताए । महायज्ञको उद्घाटनका दिन १० हजार भन्दा बढी महिलाको सहभागितामा कलश यात्रा निकालिने समेत आयोजकको तयारी छ ।
महायज्ञ स्थलमा प्रसिद्ध मूर्तीकार जुक्तिलाल मण्डलद्वारा निर्माण गरिएको विभिन्न देवी देवताका ५५ वटा मूर्ती निर्माण भइसकेको तथा धार्मिक कार्यक्रमका साथै महायज्ञ अवधीभर मनोरन्जनका लागि विभिन्न खेल तमासाको पनि आयोजना हुने आयोजकले जनाएको छ ।
यस्तौ जिल्लाको डाक्नेश्वरी नगरपालिकामा समेत चैत २ गतेदेखी १३ दिने अन्तराष्ट्रिय अश्वमेघ महायज्ञ हुने भएको छ । उक्त महायज्ञको पनि तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिका अध्यक्ष ओमप्रकाश यादवले जानकारी दिएका छन् । उनले पनि मानवकल्याण, विश्व शान्ति तथा हिन्दु धर्मको रक्षाको लागि महायज्ञ गर्न लागिएको जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ