News Category 2079/11/22
सप्तरीमा अश्वमेघ महायज्ञ हुँदै
दैनिक समाचारदाता
राजविराज, २२ फागुन ।
सप्तरीको तिरहुत गाउँपालिका ५ लोहजरामा फागुन २७ देखी विष्णु महायज्ञ हुने भएको छ ।
मानव कल्याण, हिन्दु धर्मको रक्षा तथा यसको धार्मिक महत्व बारे चेतना फैलाउन उद्देश्यले महायज्ञको आयोजन ागर्न लागिएको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष श्री बाबा सन्यासीले सोमबार महायज्ञ स्थलमै पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएका छन् ।
महायज्ञ चैत ५ सम्म चल्ने छ । भव्य रुपमा हुन लागेको महायज्ञको अनुमानित लागत १० लाख रुँपैया रहेको समितिका कोषाध्यक्ष बद्री अरगरियाले जानकारी दिए ।
महायज्ञमा भारतका ख्यातिप्राप्त यज्ञाचार्य डा. महन्थ जानकी बल्लभ दास बेदान्ती, राधादेवी, स्वामी कल्याण जी महाराज र गोपाल दास लगायतका सन्तमहन्तबाट कथा वाचन र प्रवचन लगायतका धार्मिक कार्यक्रम हुने समितिका सचिव श्याम नारायण झकरैतले बताए ।
मानव कल्याणका लागि गरिने महायज्ञका लागि लोहजरास्थित सन्यासी थान मैदानमा मूर्ती र पण्डाल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
महायज्ञमा ३ लाख भन्दा बढी भक्तजन सहभागि हुन आउने अपेक्षा गरिएको र सोही अनुसारको तयारी गरिएको उनले बताए । महायज्ञको उद्घाटनका दिन १० हजार भन्दा बढी महिलाको सहभागितामा कलश यात्रा निकालिने समेत आयोजकको तयारी छ ।
महायज्ञ स्थलमा प्रसिद्ध मूर्तीकार जुक्तिलाल मण्डलद्वारा निर्माण गरिएको विभिन्न देवी देवताका ५५ वटा मूर्ती निर्माण भइसकेको तथा धार्मिक कार्यक्रमका साथै महायज्ञ अवधीभर मनोरन्जनका लागि विभिन्न खेल तमासाको पनि आयोजना हुने आयोजकले जनाएको छ ।
यस्तौ जिल्लाको डाक्नेश्वरी नगरपालिकामा समेत चैत २ गतेदेखी १३ दिने अन्तराष्ट्रिय अश्वमेघ महायज्ञ हुने भएको छ । उक्त महायज्ञको पनि तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिका अध्यक्ष ओमप्रकाश यादवले जानकारी दिएका छन् । उनले पनि मानवकल्याण, विश्व शान्ति तथा हिन्दु धर्मको रक्षाको लागि महायज्ञ गर्न लागिएको जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ