News Category 2079/11/22
बालुवा मुनी गाडिएको गाजा बरामद
दैनिक समाचारदाता
राजविराज, २२ फागुन ।
बालुवा मुनी गाडिएको अवस्थामा प्रतिबन्धित लागु औषध गाजा सप्तरी प्रहरीले बरामद गरेको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित दक्षिणतर्फ सप्तकोशी नदी किनारमा बालुवा मूनी गाडिएको अवस्थामा प्रहरीले ६० केजी गाजा आइतबार बरामद गरेको हो ।
गोप्य सूचनापछि इलाका प्रहरी कार्यालय भारदह र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको संयुक्त टोलीले तस्करीका लागि दुई वटा प्लास्टिकको बोरामा ¥यापिङ गरि बालुवा मूनी गाडिएको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेशकुमार सिंहका अनुसार रातीको समयमा डुङ्गामा राखेर तस्करले उक्त गाजा भारतीय बजारमा पु¥याउने योजना बनाएको अनुमान गरिएको भएपनि तस्करको पहिचान हुन बाँकी रहेको जनाए ।
विगतमा पनि सप्तकोशी नदी किनारबाट गाजा बरामद गरिएको थियो । भारत भित्राउन सप्तकोशी नदी तस्करहरुका लागि उत्तम मानिन्छ । त्यही रुटलाई प्रहरीले विशेष निगरानीमा राखेको प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले बताए ।
गाजा तस्करी र खेती रोक्न अहिले प्रहरीले अभियान नै चलाएपछि आर्थिक वर्ष २०७९÷८० को हालसम्मको अवधीमा १८ हजार ९ सय गाजाको बोट नष्ट गरिसकेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ