News Category 2079/11/25
¥याली तथा विचार आदान प्रदान कार्यक्रम गरि नारी दिवस मनाइयो
दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
“लैङ्गिक समानताको बलियो आधार ः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” नाराका साथ फागुन २४ गते राजविराजमा ¥याली तथा विचार आदान प्रदान कार्यक्रम गरि नारी दिवस मनाइएको छ ।
राजविराज नगरपालिकाको सहयोगमा इन्सेक, मेचीमहाकाली बुहारी संयुक्त आवाज, महिला मानवअधिकार रक्षक सञ्जाल, जिल्ला प्रहरी कार्यालय, एकल महिला समूह, परिकल्पना नेपाल, कोक्याप, सामुदायिक सेवा केन्द्र, सबल नेपाल, राजविराज जेसीज, प्राइम होलिक्रस एकेडेमी, नेपाल राष्ट्रिय मारवाडी महिला संगठन लगायत संघ–संस्थाले जुलुस, गोष्ठी र अन्तक्रिया गरेर महिला माथि भइरहेको हिंसा र विभेदमाथि बहस गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि राजविराज नगरपालिका काकार्यवाहक नगर प्रमुख इसरत परविनले सचेतनाका साथै महिलाहरू आर्थिक रुपमा सबल र आत्मनिर्भर नभएसम्म विकास असम्भव रहेको बताइन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले महिलाको सहभागिता बढाउँदै र क्षमता अभिवृद्धि गर्दै सशक्त रूपमा अघि बढ्न आह्वान गरे ।
प्रहरी उपरिक्षक नरेन्द्र कार्कीले समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यका विभिन्न निकायमा महिलाको पहुँच बढदै गएको र महिला अधिकारका विषयमा प्रहरी संवेदननशील रहेको बताए ।
मेचीमहाकाली बुहारी संयुक्त आवाज सप्तरीकी अध्यक्ष अनीता देवकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा महिला शिक्षक मञ्जु श्रेष्ठ, अधिकारकर्मी मालती चौधरी, नागरिक समाजका अध्यक्ष थान सिंह भन्साली, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, मारवाडी महिला मंञ्चकी अध्यक्ष शारदा काबरा, परिकल्पना नेपालकीअ ध्यक्ष सुधा देब, मिलाफकी अध्यक्ष रमिला साह, पत्रकार दिनानाथ यादव, आदिवासी जनजाती पत्रकार महासंघकी प्रिया सिंह थारुले बाध्यकारी संवैधानिक व्यवस्थाले राजनीतिमा प्रतिनिधित्व गराउने मात्र नभई नीति निर्माण र नेतृत्वमा पु¥याउने वातावरण आवश्यक रहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ