News Category 2079/11/25
आगलागिमा ९ लाख मुल्य बराबरको क्षति, गाउँपालिकाद्वारा राहत बितरण

दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ मा मंगलबार भएको आगलागिमा ९ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । सो आगलागिमा नगद ३३ हजारसहित चार घर जलेर नष्ट भएको हो ।
स्थानिय दशनलाल बातरको गाईगोठमा बालिएको घुरबाट सल्लेको आगोले छोराहरु राजकुमार सरदार, जितन सरदार र सोमन सरदारको घर जलेर नष्ट भएको स्थानियवासीले जनाएका छन् ।
उक्त आगलागीबट सिमेन्टको पिलर र जस्ताले छाएको १ वटा गाई गोठ, २ वटा घर र घर भित्र रहेको लताकपडा, भाडाकुडा, काठपात, अन्नपात, पानी तान्ने मोटर, १५ तोला चाँदी गरि ९ लाख मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाल, स्थानियबासी र हनुमाननगर कंकालिनी नगरपालिकाको दमकलको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको थियो ।
यसैबीच गाउँपालिकाबाट बुधबार अग्निपीडित परिवारलाई राहत बितरण गरिएको छ । प्रत्येक परिवारलाई चामल २५ किलो, चिउरा २ किलो, मुरही ५ किलो, साडी, लुंगि, त्रिपाल, भुजिया, साबुन, तन्ना, लगायतका सामाग्रि बितरण गरिएको हो ।
सो अवसरमा गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल, वडा अध्यक्ष हरिनाराण मण्डल तथा विपद् व्यवस्थापन अधिकृत राजेश झाको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ