News Category 2079/11/25
होली मनाएर घर फर्कने क्रममा पूर्वराष्ट्रिय खेलाडी मण्डलको दुर्घट्नामा मृत्यु
दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
कुस्तीका पूर्व राष्ट्रिय खेलाडी एवं सहायक प्रशिक्षक श्याम मण्डलको मोटरसाईकल दुर्घट्नमा परी मृत्यु भएको छ ।
स.४प.३२७५ नम्बर मोटरसाईकलमा सवार मण्डल बुधवार राती १० बजे तीर राजविराज नगरपालिका ११ स्थित पम्प नहरको भित्री सडक खण्डमा दुर्घट्ना भएको थियो ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका २ लौनिया निवासी मण्डल राजविराजमा साथी÷भाईहरुसंग होली मनाएर घर फर्किदै गर्दा मोटरसाईकल अनियन्त्रीत भई सो दुर्घट्ना भएको प्रहरीको भनाई छ ।
मोटरसाईकल अनियन्त्रित भई दुर्घट्ना हुँदा गम्भिर घाईते भएका ५० वर्षिय मण्डललाई प्रहरीले तत्कालै उपचारका लागी राजविराजस्थित छिन्नमस्ता अस्पताल पु¥याएको थियो । उपचार कै क्रममा राती १२ बजे तिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
पारिवारीक श्रोतका अनुसार घरमा परम्परागत संस्कार सकेपछी विहीवार नै गाउँ नजिकैको खाडो घाटमा उनको अन्त्येस्टि गरिएको छ ।
मण्डलका एक छोरा दुई छोरी र श्रीमती छन् । यसैबीच खेलकुद पत्रकार मञ्च सप्तरीले विहिवार एक शोक वक्तब्य मार्फत मण्डलको निधन प्रति गहिरो दुःख ब्यक्त गरेको छ । मञ्चका अध्यक्ष मनोज कुमार माझीद्वारा जारी शोक वक्तब्यमा मण्डलको निधनले खेलकुद क्षेत्रमा अपुरणीय क्षती भएको मन्दै मृतक आत्माको चिरशान्ति तथा शोक सन्तप्त परिवालाई धैर्य धारणा गर्ने शक्ती मिलोस भनी कामना गरिएको उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ