News Category 2079/11/25
होली मनाएर घर फर्कने क्रममा पूर्वराष्ट्रिय खेलाडी मण्डलको दुर्घट्नामा मृत्यु
दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
कुस्तीका पूर्व राष्ट्रिय खेलाडी एवं सहायक प्रशिक्षक श्याम मण्डलको मोटरसाईकल दुर्घट्नमा परी मृत्यु भएको छ ।
स.४प.३२७५ नम्बर मोटरसाईकलमा सवार मण्डल बुधवार राती १० बजे तीर राजविराज नगरपालिका ११ स्थित पम्प नहरको भित्री सडक खण्डमा दुर्घट्ना भएको थियो ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका २ लौनिया निवासी मण्डल राजविराजमा साथी÷भाईहरुसंग होली मनाएर घर फर्किदै गर्दा मोटरसाईकल अनियन्त्रीत भई सो दुर्घट्ना भएको प्रहरीको भनाई छ ।
मोटरसाईकल अनियन्त्रित भई दुर्घट्ना हुँदा गम्भिर घाईते भएका ५० वर्षिय मण्डललाई प्रहरीले तत्कालै उपचारका लागी राजविराजस्थित छिन्नमस्ता अस्पताल पु¥याएको थियो । उपचार कै क्रममा राती १२ बजे तिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
पारिवारीक श्रोतका अनुसार घरमा परम्परागत संस्कार सकेपछी विहीवार नै गाउँ नजिकैको खाडो घाटमा उनको अन्त्येस्टि गरिएको छ ।
मण्डलका एक छोरा दुई छोरी र श्रीमती छन् । यसैबीच खेलकुद पत्रकार मञ्च सप्तरीले विहिवार एक शोक वक्तब्य मार्फत मण्डलको निधन प्रति गहिरो दुःख ब्यक्त गरेको छ । मञ्चका अध्यक्ष मनोज कुमार माझीद्वारा जारी शोक वक्तब्यमा मण्डलको निधनले खेलकुद क्षेत्रमा अपुरणीय क्षती भएको मन्दै मृतक आत्माको चिरशान्ति तथा शोक सन्तप्त परिवालाई धैर्य धारणा गर्ने शक्ती मिलोस भनी कामना गरिएको उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
- 2082/04/11 चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
- 2082/04/11 आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी
- 2082/04/10 करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
- 2082/04/10 कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
- 2082/04/10 तपेश्वरीमा पहिलो पटक मिनि महोत्सव हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ