News Category 2079/11/25
भन्सारका कर्मचारीले भारतीय नम्बरका सवारीसाधनलाई पाँच सयको रसिद दिएर ६ सय असुली गर्दै
दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
राजविराज भन्सार कार्यालयका कर्मचारीहरुले भारतीय नम्बरका सवारीसाधनहरुबाट ५ सय को रसिद दिएर ६ सय रुँपैया असुली गर्दै गरेको खुलासा भएको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ मा रहेको राजविराज भन्सार कार्यालयका कर्मचारीहरुले प्रत्येक भारतीय सवारीसाधनहरुबाट अवैध रुपमा एक सयका दरले रकम असुली धन्दामा लागिपरेका छन् ।
बिहीबार भारतको बिहार राज्यको कठौनाबाट बि.आर.३२पि.ए.०००७ नम्बरको कार लिएर राजविराज आउँदै गर्दै सवारीधनी सतिश राउतलाई त्यहाका कर्मचारीले एक दिनको भन्सार वापत ५ सय रुँपैयाको रसिद (अनुमति पत्र) थमाएर ६ सय रुँपैया असुलेको पीडितले बताएका छन् । आफूले ६ सय रुँपैया तिरेकाले सोही अनुसारको रसिद पाउनु पर्ने माग गरे पनि कर्मचारीले विभिन्न बहाना देखाउँदै दिन नमानेको पीडित राउतले संचारकर्मीलाई जानकारी दिए ।
यस्तै बिहीबारै भारतको बिहार राज्य अन्तरगत निर्मलीका डा. कौशल कुमार सिंहले पनि भारतीय नम्बर प्लेट बी.आर.३२पि.ए.०००२ को कार चढी एक आफन्तको बैवाहिक कार्यक्रममा राजविराज सहभागि हुन आइपुगेको बेला एक दिनको भन्सार शुल्क वापत ५ सय रुँपैयाको रसिद (इजाजत पत्र) थमाएर कर्मचारीले ६ रुँपैया असुलेको बताए ।
बैवाहिक समारोहमा छिटो पुग्नु पर्ने भएकाले कर्मचारीहरुसँग विवाद नगरि मागे अनुसारको रकम दिन बाध्य भएको उनले सुनाए । भारतीय नम्बर प्लेट हेर्ना साथ इजाजत पत्र दिने फाँटका कर्मचारीले तोकेका भन्दा बढी शुल्क माग गर्ने र नदिए विभिन्न वहाना देखाई अनावश्यक दुःख दिने गरेको उनले गुनासो पोखे ।
यस्तै त्यहाका कर्मचारीहरुले भन्सार शुल्कमा मात्र नभएर एक दिनका लागि सीमा नजिकको बजारसम्म आउजाउ गर्न निशुल्क प्रदान गरिने सुविधा पासमा समेत मान्छे हेरी हेरी भारतीय सवारीधनीसँग ५० देखी २ सय रुँपैयासम्म असुल गर्ने गरेको यसअघि पनि सयौं घटना भएका छन् ।
अहिले विहेबारीको समय रहेकोले भारतबाट दैनिक दर्जनौं सवारीसाधन नेपाल भित्रिने गरेको छ । ती सबै सवारीधनी र चालकसँग त्यहाका कर्मचारीले मनपरी शुल्क लिने गरेको अधिकांशको गुनासो छ । विभिन्न वहाना गर्दै राज्यकोष लुट्ने र भारतीय नम्बरका सवारीसाधनसँग मनपरी रकम ठग्ने धन्दा रोकिएको छैन् । यसरी लिएको रकमको प्रमाण नहुने तथा अनुगमन गर्ने निकाय पनि मौन रहनाले भन्सारका कर्मचारीहरु होसिएका छन् ।
यता राजविराज भन्सार कार्यालयका प्रमुख दिपेन्द्र झाले सवारी अनुमति फाँटका कर्मचारीले त्यस्तो धन्दा चलाएको बारे अनभिज्ञयता प्रकट गर्दै आएका गुनासाहरु बारे आवश्यक छानबिन गरि दोषिलाई विभागिय कारवाही प्रक्रियामा लैजान प्रतिबद्धता जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ