News Category 2079/11/27
स्ववियु निर्वाचनका लागि ४० जनाद्वारा मनोनयन दर्ता
राजविराज÷आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा प्रत्यक्षतर्फ ४० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
शनिबार भएको उम्मेदवारी मनोननय पत्र दर्ता कार्यक्रम अन्तरगत नेवि संघले महेश यादव सभापति तथा पहिलो पल्ट स्ववियु निर्वाचनमा सहभागि भएका विद्यार्थी जनमत संघले रामभजन मण्डल सभापति रहेको प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी र लोकतान्त्रिक विद्यार्थी संघ गठबन्धन गरि प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । यो गठबन्धनबाट समाजवादी विद्यार्थी युनियनका रंजित यादव सभापतिका उम्मेदवार हुन् ।
एमाले निकटका अनेरास्ववियु र एकिकृत समाजवादी निकटका अनेरास्ववियुले पनि गठबन्धन गर्दै प्यानलसहित उम्मेदवारी दिएका छन् । यो प्यानलबाट एमाले निकटको अनेरास्ववियुका रंजिवकुमार साह सभापतिका उम्मेदवार बनेका छन् ।
स्ववियु निर्वाचनमा पहिलो पटक सहभागि भएका अर्का राष्ट्रिय विद्यार्थी परिषद् तथा आम विद्यार्थी मोर्चाका तर्फबाट पनि उम्मेदवारी दर्ता भएको छ । परिषद्का तर्फबाट सचिव पदमा बिनयकुमार यादवले एकल उम्मेदवारी दिएका छन् । यस्तै मोर्चाका तर्फबाट सभापति पदमा डोलि कुमारी दासले उम्मेदवारी दिएकी छिन् ।
समानुपातितर्फ ९ र प्रत्यक्षतर्फ १० गरि १९ पदका लागि हुने निर्वाचनमा कुल मतदाता संख्या १ हजार ९ सय १४ रहेको निर्वाचन अधिकृत रामअशिष यादवले जानकारी दिए ।
त्रिविवि कार्यकारी परिषद्को निर्णय अनुसार चैत ५ मा देशभरका आंगिक, सामुदायिक र निजि क्याम्पसमा निर्वाचन हुँदैछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ