News Category 2079/11/27
आलागिमा दुई लाख ३ हजार नगदसहित ४१ लाख मुल्य बराबरको क्षति, १८ पालिका मध्ये चार पालिकासँग मात्र बारुणयन्त्र

राजविराज÷सप्तरीमा आगलागिका घटना दिन प्रतिदिन बढ्दै गएको छ । फागुनदेखी सुख्खा तथा हावाहुरी चल्ने मौसम रहेकोले सावधानी नअपनाउँदा अहिले आगालागिका घटनाहरु बढ्दै गएका हुन् ।
गर्मी मौसमको सुरुवात सँगै चल्ने हावाहुरीले सप्तरीमा दुई साता यता एक दर्जन आगलागिका घटनाहरु भएका छन् । आगलागिबाट एक करोड भन्दा बढीको क्षति भइसकेको छ । यसै क्रममा शुक्रबार साँझ जिल्लाको तिरहुत गाउँपालिका ५ लोहजरामा बिजुलीको तार सर्ट भई आगलागि हुँदा २ लाख ३ हजार नगदसहित झण्डै ४१ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानिय रामकिसुन मैरता यादवको घरमा बिजुलीको तार सर्ट भई आगलागि हुँदा टाँसिएको छिमेकी घरहरु देवनारायण ठाकुर, उपेन्द्र ठाकुर, सत्यनारायण ठाकुर र हरिनारायण ठाकुरको घर जलेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सो आगलागि कंचनरुप, हनुमाननगर कंकालिनि, राजविराज र शम्भुनाथ नगरपालिकाबाट आएका चार वटा दमकल र नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानियबासीहरुको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आगलागिमा रामकिसुन मैरता यादवको जस्ता पत्ताको छानो र ईट्टाको पर्खाल भएको ४ वटा घर, नगद १८ हजार, गरगहना तथा अन्य सामानसहित अन्दाजी १३ लाख २३ हजार, देव नारायण ठाकुरको जस्ता पत्ताको छानो र बाँसको टाटी बेरा भएको २ वटा घर, नगद १ लाख ३० हजारसहित ८ लाख ३० हजार, उपेन्द्र ठाकुरको जस्ता पत्ताको छानो र बाँसको टाटी बेरा भएको २ वटा घर तथा अन्य सामानसहित ३ लाख ४८ हजार, सत्यनारायण ठाकुरको जस्ता पत्ताको छानो र बाँसको टाटी बेरा भएको ३ वटा घर, नगद १५ हजार तथा अन्य सामानसहित ६ लाख ९२ हजार र हरी नारायण ठाकुरको जस्ता पत्ताको छानो र बाँसको टाटी बेरा भएको ३ वटा घर, नगद ४० हजार तथा अन्य सामानसहित ९ लाख ६ हजार मुल्य गरि ४० लाख ९९ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
दुई साता यता छिन्नमस्ता गाउँपालिका, बलानबिहुल गाउँपालिका, विष्णुपुर गाउँपालिका, महदेवा गाउँपालिका, तिरहुत गाउँपालिका तथा बोदेबरसाइन र राजविराज नगरपालिकाको विभिन्न वडामा गरि आगलागिका १२ वटा घटना भई एक करोड ५ लाख भन्दा बढीको क्षति भएको राजविराज नगरपालिका बारुणयन्त्र विभागको तथ्याङ्कले देखाएको छ ।
फुसको संरचना भएका अत्याधिक घर रहेको सप्तरी आगलागिका बढी घटना हुने जिल्ला पर्दछ । तर, थप बारुणयन्त्रको अभावले आगलागिका समयमा निकै समस्या हुने गरेको छ । १८ पालिका रहेको जिल्लामा राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, कंचनरुप नगरपालिका र शम्भुनाथ नगरपालिका गरि चार पालिकासँग मात्र बारुणयन्त्र छ । १४ पालिका अझै बारुणयन्त्र बिहीन छ । यस्तै प्रहरी तालिम केन्द्रसँग पनि एउटा बारुणयन्त्र रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
- 2082/04/11 चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
- 2082/04/11 आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी
- 2082/04/10 करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
- 2082/04/10 कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
- 2082/04/10 तपेश्वरीमा पहिलो पटक मिनि महोत्सव हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ