News Category 2079/11/28
झण्डै डेढ दशकपछि हुन लागेको स्ववियु निर्वाचनले विद्यार्थीहरु उत्साहित
दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।
मुलुकमा झण्डै डेढ दशकपछि चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनले अहिले विद्यार्थीहरु निकै उत्साहित भएका छन् । स्ववियुको पछिल्लो निर्वाचन २०६५ सालमा भएको थियो ।
उम्मेदवारी मनोनयनसंगै निर्वाचनको गतिबीधी समेत तिब्र बनेको छ । सबै विद्यार्थी संगठनका उम्मेदवार चुनावी प्रचार तथा विद्यार्थीको घर घरमै पुगेर आ–आफ्नो पक्षमा मत तान्न व्यस्त छन् ।
राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनलाई लक्षित गरी नेविसंघ, जनमत विद्यार्थी संघ तथा आम विद्यार्थी मोर्चा एक्लै चुनावी मैदानमा होमिएका छन ।
नेवि संघबाट महेश यादव, जनमत विद्यार्थी संघबाट रामभजन मण्डल तथा आम विद्यार्थी मोर्चाका तर्फबाट डोली कुमारी दास सभापती पदका उम्मेदवार बनेका छन ।
यस्तै समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी र लोकतान्त्रिक विद्यार्थी संघ तालमेल गरी प्यानलसहित चुनावी मैदानमा छ । यो गठबन्धनबाट समाजवादी विद्यार्थी युनियनका रंजित यादव सभापतिका उम्मेदवार हुन ।
यसैगरि एमाले निकटका अनेरास्ववियु र एकिकृत समाजवादी निकटका अनेरास्ववियुले पनि गठबन्धन गरी प्यानलसहित चुनावी मैदानमा होमिएका छन् । यस गठबन्धनबाट एमाले निकटको अनेरास्ववियुका रंजिव कुमार साह सभापती पदका उम्मेदवार बनेका छन् ।
स्ववियु निर्वाचनका लागी यस क्याम्पसमा कुल १ हजार ९ सय १४ मतदाता रहेको तथा समानुपातिक तर्फ ९ र प्रत्यक्षतर्फका १० गरी कुल १९ पदका लागी निर्वाचन हुन गइरहेको निर्वाचन अधिकृत रामअशिष यादवले बताए ।
अहिले विद्यार्थीको चुनावलाई दलिय प्रतिष्ठाको विषय बनाएका सबै दलका स्थानीय नेता पनि आ–आफ्नो पक्षका विद्यार्थी संगठनका लागी मत माग्न सकृय देखिन्छन । उम्मेदवारी दर्ताका दिन समेत क्याम्पस प्राङ्गणमा उल्लेख्य संख्यामा विभिन्न दलका स्थानीय नेता तथा स्थानीयतहका जनप्रतिनीधीहरुको उपस्थिती थियो ।
स्ववियु निर्वाचन पश्चात् विद्यार्थीहरुको हकहितको संरक्षण, बौद्धिक र चारित्रिक विकासका लागी कार्यक्रम तर्जूमा कार्यान्वयन, पठनपाठनका लागी उपयुक्त वातावरण, अनुशासन कायम, बौद्धिक, रचनात्मक तथा अतिरिक्त क्रियाकलाप लगायतका गतिवीधी उचित ढंगले अघि बढ्ने विद्यार्थीहरुको विश्वास छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ