News Category 2079/11/29
मोटरसाइकल दुर्घटनामा सात जना घाइते
दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।
सप्तरीको छुट्टाछुट्टै तीन स्थानमा भएको मोटरसाइकल दुर्घटनामा सात जना घाइते भएका छन् ।
. जिल्लाको बोदेबर्साइन नगरपालिका ५ बरसाइन टोलस्थित हुलाकि राजमार्गमा आइतबार मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
पुर्बबाट पश्चिमतर्फ जादै गरेको प्र.२–०१–००१प.५६०८ नम्बरको मोटरसाइकलले सोहि दिशातर्फ जादै गरेको साईकल यात्री स्थानिय ६० वर्षिय सोभितलाल साहलाई पछाडिबाट ठक्कर दिदा साहको ढाड र बाँया खुटामा चोट लागेको तथा मोटरसाइकल चालक वडा नं. ६ फुलकाहि निवासी १७ वर्षिय चन्दन कुमार दास घाईते भएका हुन् ।
घाइते दुबैलाई उपचारका लागि अस्पताल पठाइएको तथा मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।
यस्तै आइतबारै सोही नगरपालिका ५ जाजरस्थित हुलाकि सडक खण्डमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा दुबैको चालक घाइते भएका छन् ।
पश्चिमबाट पुर्बतर्फ जादै गरेको स.८प. १०५८ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको प्र.२–०१–००३प.२२२७ नम्बरको मोटरसाइकल ठोकिएको हो ।
ठक्करबाट प्र.२–०१–००३प.२२२७ नम्बरको मोटरसाइकल चालक वडा नं. ८ बैरयाहि निवासी २१ वर्षिय श्रवण कुमार भगत र अर्का मोटरसाइकल चालक खडक नगरपालिका ११ बनौलि निवासी २५ वर्षिय सुनिल मण्डल घाईते भएको प्रहरीले जनाएको छ ।
दुबै जनाको स्थानिय जिवन ज्योति अस्पताल बोदेबर्साईनमा उपचार भईरहेको छ भने दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ ।
.यस्तै आइतबारै राती जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका १ कोशी ब्यारेज नजिकै एक मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकसहित दुई जना घाइते भएका छन् ।
पुर्वबाट पश्चिमतर्फ आउदै गरेको को.२९प.९५२२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक कंचनरुप नगरपालिका २ निवासी १९ वर्षिय ईसरात सेख र पछाडी सवार २८ वर्षिय तबरेज खान घाइते भएका हुन् ।
घाइते भएका दुबै जनाको उपचार भइरहेको तथा मोटरसाइकललाई नियन्त्रणमा लिई घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ