News Category 2079/11/29
मोटरसाइकल दुर्घटनामा सात जना घाइते
दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।
सप्तरीको छुट्टाछुट्टै तीन स्थानमा भएको मोटरसाइकल दुर्घटनामा सात जना घाइते भएका छन् ।
. जिल्लाको बोदेबर्साइन नगरपालिका ५ बरसाइन टोलस्थित हुलाकि राजमार्गमा आइतबार मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
पुर्बबाट पश्चिमतर्फ जादै गरेको प्र.२–०१–००१प.५६०८ नम्बरको मोटरसाइकलले सोहि दिशातर्फ जादै गरेको साईकल यात्री स्थानिय ६० वर्षिय सोभितलाल साहलाई पछाडिबाट ठक्कर दिदा साहको ढाड र बाँया खुटामा चोट लागेको तथा मोटरसाइकल चालक वडा नं. ६ फुलकाहि निवासी १७ वर्षिय चन्दन कुमार दास घाईते भएका हुन् ।
घाइते दुबैलाई उपचारका लागि अस्पताल पठाइएको तथा मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।
यस्तै आइतबारै सोही नगरपालिका ५ जाजरस्थित हुलाकि सडक खण्डमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा दुबैको चालक घाइते भएका छन् ।
पश्चिमबाट पुर्बतर्फ जादै गरेको स.८प. १०५८ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको प्र.२–०१–००३प.२२२७ नम्बरको मोटरसाइकल ठोकिएको हो ।
ठक्करबाट प्र.२–०१–००३प.२२२७ नम्बरको मोटरसाइकल चालक वडा नं. ८ बैरयाहि निवासी २१ वर्षिय श्रवण कुमार भगत र अर्का मोटरसाइकल चालक खडक नगरपालिका ११ बनौलि निवासी २५ वर्षिय सुनिल मण्डल घाईते भएको प्रहरीले जनाएको छ ।
दुबै जनाको स्थानिय जिवन ज्योति अस्पताल बोदेबर्साईनमा उपचार भईरहेको छ भने दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ ।
.यस्तै आइतबारै राती जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका १ कोशी ब्यारेज नजिकै एक मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकसहित दुई जना घाइते भएका छन् ।
पुर्वबाट पश्चिमतर्फ आउदै गरेको को.२९प.९५२२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक कंचनरुप नगरपालिका २ निवासी १९ वर्षिय ईसरात सेख र पछाडी सवार २८ वर्षिय तबरेज खान घाइते भएका हुन् ।
घाइते भएका दुबै जनाको उपचार भइरहेको तथा मोटरसाइकललाई नियन्त्रणमा लिई घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ