News Category 2079/11/30
भन्सार छलेर ल्याइएको सामान भण्डारण स्थलबाट बरामद
दैनिक समाचारदाता
राजविराज, ३० फागुन ।
भन्सार छलेर ल्याइएको सरसामानहरु एक घरमा भण्डारण गरेर राखिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ मौवा टोल बस्ने प्रमोद यादवको घरमा भन्सार छलेर भण्डारण गरि राखिएको तथा तस्करीमा प्रयोग गरिएको तीन वटा मोटरसाइकलसहित ७ लाख १ हजार बराबरको सरसामान प्रहरीले नियन्त्रणमा लिएको हो ।
गोप्य सूचनाको आधारमा सोमबार मध्यरात जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले उक्त अवैध मालसामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए ।
बरामद सामानहरुमा ३ लाख ६० हजारको ४१ कार्टुन पाउडर, ३६ हजार ५ सयको खैनी र गुल तथा ४ हजार ५ मुल्य बराबरको दुध पाउडर छन् । यस्तै तस्करीमा प्रयोग गरिएको प्र.२–०१–००२प.४६६०, को.३५प.९९४१ तथा स.९प.२३४४ नम्बरको तीन वटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको उनले जनाकारी दिए ।
उक्त मोटरसाइकलको ३ लाख रुँपैया मुल्याङ्कन गरिएको तथा बरामद सबै सामान मंगलबार आवश्यक कारवाहीका लागि तिलाठीस्थित राजविराज भन्सार कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ