News Category 2079/11/30
मोटरसाइकल दुर्घटनामा पाँच जना घाइते
दैनिक समाचारदाता
राजविराज, ३० फागुन ।
सप्तरीमा मंगलबार छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा परि पाँच जना घाइते भएका छन् ।
प्रहरीका अनुसार जिल्लाको बोदेबरसाईन नगरपालिका ५ जाजरस्थित हुलाकी सडक खण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल यात्री घाइते भएका छन् ।
पुर्वबाट पश्चिमतर्फ जादै गरेको स.१०प.६९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जादै गरेको साईकल यात्री स्थानीय ६० वर्षिय राम कुमार यादवलाई ठक्कर दिएको हो ।
सो ठक्करबाट साईकल यात्री यादवको टाउको, दुवै खुट्टा र दाहिने हातमा चोट लागेको तथा उपचारका लागि जिवन ज्योति अस्पताल वोदेबरर्साईनमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले मोटरसाइकलसहित चालक राजविराज १६ निवासी ३५ वर्षिय गंगाराम यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यस्तै बोदेबरसाइन वडा नं. २ बैरिया चौकस्थित बिषणपुर बोदेबर्साइन सडक खण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिदा मोटरसाइकल चालक र साइकल यात्री घाइते भएका छन् ।
दक्षिणबाट उत्तरतर्फ जादै गरेको स.४प.२२०८ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिदा बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा साइकल यात्रि सुरुङगा १० थलाहा सिस्वा बस्ने ५० वर्षका बिनोद यादवको टाउको र अनुहारमा चोट लागेको तथा मोटरसाइकल चालक बोदेबरसाइन ६ फुलकाही निवासी २४ वर्षिय सुरेन्द्र साहको अनुहार, दाहिने हात र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । दुबै घाइतेको जिवन ज्योति अस्पताल बोदेबरसाइनमा उपचार भइरहेको तथा मोटरसाइकल र साइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।
यसैगरि मंगलबारै जिल्लाको कंचनरुप नगरपालिका ७ बलुवा चोक नजिक फत्तेपुर कंचनपुर भित्रि सडक खण्डमा एक मोटरसाइकलले अर्को मोटरसाइकललाई ठक्कर दिदा दुबैका चालक घाइते भएका छन् ।
कंचनपुरबाट फत्तेपुरतर्फ जादै गरेको प्र.२–०१–००२ प.११०८ नम्बरको मोटरसाइकलले बिपरित दिशाबाट आउदै गरेको प्र.२–०१–००३प.६४३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
ठक्करबाट प्र.२–०१–००२प.११०८ नं. को माटरसाइकल चालक कंचनरुप ६ परेमारा टोल निवासी ३० वर्षिय राजु कुमार सरदारको टाँउमा पछाडी र हातमा चोट लागेको तथा र प्र.२–०१–००३ प.६४३५ नं. को मोटरसाइकल चालक सप्तकोशी ९ बस्ने १८ वर्षिय कृष्ण खंगको दाहिने खुट्टाको पैतालामा चोट लागेकोले घाइते दुबैको स्थानिय मेडिकल धरमपुरमा उपचार भईरहेको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ