News Category 2079/11/30
मोटरसाइकल दुर्घटनामा पाँच जना घाइते

दैनिक समाचारदाता
राजविराज, ३० फागुन ।
सप्तरीमा मंगलबार छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा परि पाँच जना घाइते भएका छन् ।
प्रहरीका अनुसार जिल्लाको बोदेबरसाईन नगरपालिका ५ जाजरस्थित हुलाकी सडक खण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल यात्री घाइते भएका छन् ।
पुर्वबाट पश्चिमतर्फ जादै गरेको स.१०प.६९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जादै गरेको साईकल यात्री स्थानीय ६० वर्षिय राम कुमार यादवलाई ठक्कर दिएको हो ।
सो ठक्करबाट साईकल यात्री यादवको टाउको, दुवै खुट्टा र दाहिने हातमा चोट लागेको तथा उपचारका लागि जिवन ज्योति अस्पताल वोदेबरर्साईनमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले मोटरसाइकलसहित चालक राजविराज १६ निवासी ३५ वर्षिय गंगाराम यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यस्तै बोदेबरसाइन वडा नं. २ बैरिया चौकस्थित बिषणपुर बोदेबर्साइन सडक खण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिदा मोटरसाइकल चालक र साइकल यात्री घाइते भएका छन् ।
दक्षिणबाट उत्तरतर्फ जादै गरेको स.४प.२२०८ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिदा बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा साइकल यात्रि सुरुङगा १० थलाहा सिस्वा बस्ने ५० वर्षका बिनोद यादवको टाउको र अनुहारमा चोट लागेको तथा मोटरसाइकल चालक बोदेबरसाइन ६ फुलकाही निवासी २४ वर्षिय सुरेन्द्र साहको अनुहार, दाहिने हात र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । दुबै घाइतेको जिवन ज्योति अस्पताल बोदेबरसाइनमा उपचार भइरहेको तथा मोटरसाइकल र साइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।
यसैगरि मंगलबारै जिल्लाको कंचनरुप नगरपालिका ७ बलुवा चोक नजिक फत्तेपुर कंचनपुर भित्रि सडक खण्डमा एक मोटरसाइकलले अर्को मोटरसाइकललाई ठक्कर दिदा दुबैका चालक घाइते भएका छन् ।
कंचनपुरबाट फत्तेपुरतर्फ जादै गरेको प्र.२–०१–००२ प.११०८ नम्बरको मोटरसाइकलले बिपरित दिशाबाट आउदै गरेको प्र.२–०१–००३प.६४३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
ठक्करबाट प्र.२–०१–००२प.११०८ नं. को माटरसाइकल चालक कंचनरुप ६ परेमारा टोल निवासी ३० वर्षिय राजु कुमार सरदारको टाँउमा पछाडी र हातमा चोट लागेको तथा र प्र.२–०१–००३ प.६४३५ नं. को मोटरसाइकल चालक सप्तकोशी ९ बस्ने १८ वर्षिय कृष्ण खंगको दाहिने खुट्टाको पैतालामा चोट लागेकोले घाइते दुबैको स्थानिय मेडिकल धरमपुरमा उपचार भईरहेको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ