News Category 2079/11/30
अनाधिकृत रुपमा विद्युत चोरी गर्ने १ सय १४ जना पक्राउ
दैनिक समाचारदाता
राजविराज, ३० फागुन ।
विद्युत प्राधिकरण बितरण केन्द्र राजविराजले अनाधिकृत रुपमा प्रयोग भइरहेको बिधुत नियन्त्रणका लागि चलाएको अभियान अन्तरगत दिनहु मानिसहरु पक्राउ पर्दैछन् ।
यसैक्रममा मंगलबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल बिधुत प्राधिकरणका कर्मचारीको संयुक्त टोलीले जिल्लाको विभिन्न स्थानबाट विद्युत हुकिङ गरि चोरेको अवस्थामा ७ जनालाई नियन्त्रणमा लिएको छ । यो संगै एक महिनाको अवधीमा विद्युत चोरी गरेको आरोपमा पक्राउ पर्नेको संख्या १ सय १४ पुगेको छ ।
प्रहरीका अनुसार तिलाठी कोईलाडि ६ निवासी ५५ वर्षिय लक्ष्मी यादव, १८ वर्षिय राजेश यादव, १५ वर्षिय कृष्ण कुमार यादव, ५५ वर्षिय जोगिन्द्र यादव तथा हनुमाननगर कंकालिनी ६ का ३० वर्षिय बिक्रम मण्डल, ५४ वर्षिय बद्रि प्रसाद मण्डल र ५१ वर्षका राम कुमार मण्डललाई नियन्त्रणमा लिइएको हो ।
सबै जना प्राधिकरणको विद्युतिय पोलमा हुकिङ्ग गरी घरमा चोरीको विद्युत प्रयोग गरीरहेको अवस्थामा पक्राउ परेको वितरण केन्द्रका प्रमुख मधुसुधन यादवले जानकारी दिएका छन् । पक्राउ परेकाहरुबाट प्रति ब्यक्ती १५ हजार ५ सय जरिवाना वसुल तथा अब उप्रान्त विद्युत चोरी न गर्ने सचेत गराई मात्र छाडिने प्रहरीले जनाएको छ ।
विषेश गरी ग्रामिण क्षेत्रमा विद्युतिय पोलमा हुकिङ्ग गरी विद्युत चोरी गर्ने काम बढेको सूचना आउन थालेपछी नियन्त्रणका लागी सशस्त्र र नेपाल प्रहरीको सहयोगमा “विद्युत चुहावट नियन्त्रण अभियान” नै चलाइएको प्राधिकरणले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ