News Category 2079/12/02
बहिनीसँगै सुतेकी दिदीले गरिन आत्महत्या
दैनिक समाचारदाता
राजविराज, २ चैत ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा बुधवार राती एक किशोरीले झ्ुण्डिएर आत्महत्या गरेकी छिन ।
सो नगरपालिका वडा नं. १४ निवासी ब्रहमदेव मुखियाकी १८ वर्षिया छोरी आशा कुमारीले कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।
१२ वर्षिय बहिनी अञ्जलीसँगै एउटै कोठामा सुतेकी आशा घाटीमा शलको पासो लगाई कोठाको बाँसको बलोमा झुण्डिएको अवस्थामा राती १ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
खाना खाएर दिदीसंगै एउटै ओछ्यानमा सुतेकी बहिनी अञ्जलीले दिदी कहिले उठेर झुण्डिएर आत्महत्या गरिन भन्ने चाल नै पाईनन् । राती १ बजेतिर कुनै कामले आमा ढोका खोल्न आईपुगे पछी मात्र उनले सो बारे थाहा पाएको प्रहरीको भनाई छ । राती अचानक आमाले ढोका खोल भन्दै चिच्याएपछी जागेकी उनले ढोका खोलेकी थिइन । त्यसपछि मात्र उनले दिदी झुण्डिएको अवस्थामा देखेको बताईन ।
घटनाबारे खबर पाए लगतै प्रहरी चौकी रम्पुरा महलनियाबाट पुगेको टोलीले परिवारजनसँग सोधपुछ तथा घटना स्थल मुचुल्का लगायतका प्रक्रिया पुरा गरी मृतकको शव पोस्टमार्टमका लागी स्थानीय गजेन्द्र नारायण सिंह असपताल पठाइ घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ