News Category 2079/12/03
बहुला कुकुरले एकै दिन एक दर्जन भन्दा बढीलाई टोक्यो, घाइते हुनेहरुमा अधिकांश बालबालिका
दैनिक समाचारदाता
राजविराज, ३ चैत ।
बहुला कुकुरले राजविराज नगर क्षेत्रमा शुक्रबार एकै दिन एक दर्जन भन्दा बढी व्यक्तिलाई टोकेर घाइते बनाएको छ । घाइते हुनेहरुमा अधिकांश बालबालिका छन् ।
गजेन्द्र नारायण सिंह अस्पतालको आकस्मिक कक्षका अहेब बिजयकान्त झाका अनुसार बिहान ६ बजेदेखी साँझ ६ बजेसम्ममा बहुला कुकुरले टोकेर घाइते भई उपचार गराउन आउनेको संख्या १३ पुगेको छ । त्यसमध्ये अधिकांश बालबालिका छन् ।
अस्पतालका अनुसार बहुला कुकुरको टोकाईबाट घाइते भई उपचार गराउन आउनेहरुमा राजविराजका अनुपमा खड्गा, जानकी खडगा, दुर्गीदेवी मुखिया, अक्षरत साह, साक्षि साह, गणेश चौहान, शिवा साह, सावित्रि साह छन् ।
स्थानिय बिजय साहले चार÷पाँच वटा बहुला कुकुरले बिहानैदेखी जनआन्दोलन चौक, गजेन्द्र चौक, सिरहा रोड र हटिया बजारमा आंतक मचाएको बताए । बहुला कुकुर अत्यन्त ब्यस्त बजार मानिएको हटियामा प्रवेश गरि आंतक मचाउन थालेपछि किनमेलका लागि आएका सर्वसाधारणहरुमा भागाभाग मचिएको थियो ।
यस्तै किनमेलका लागि राजविराज आएका छिन्नमस्ता गाउँपालिकाका प्रतिक कुमार झा र कृती कुमारी झा पनि घाइते भएकी छिन् । घाइते सबैलाई एन्टिरेबिज भ्याक्सिन लगाउनुका साथै आवश्यक उपचार गरिएको सो अस्पतालले जनाएको छ ।
बहुला कुकुरले आंतक मचाउन थालेपछि राजविराज नगरपालिकाले कुकुरलाई पक्रने प्रयास थालेको राजविराज वडा नं. ७ का सदस्य रमानन्द देवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ