News Category 2079/12/04
प्रहरीद्वारा सचेतनाका लागि विद्यालय कक्षा संचालन

राजविराज÷जिल्ला प्रहरी कार्यालय सप्तरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत विभिन्न विद्यालयहरुमा सचेतनामूलक अभियानका अघि बढाएको छ ।
नगर तथा गाउँका विभिन्न विद्यालयहरुमा ट्राफिक नियमावली उल्लंघन, सामाजिक सन्जालको दुरुपयोग, बढदो लागु औषध दुव्र्यसनी, चोरी, डकैती, लुटपाट, साइबर अपराध, आगलागि, बाढी तथा जातीय छुवाछुत लगायतका घटना न्यूनिकरण र नियन्त्रणका लागि कार्यक्रम लिएर पढाउँदै हिडेको छ ।
एक महिना यता सुरु गरिएको अभियान अन्तरगत शनिवारसम्मा जिल्लाको शम्भुनाथ नगरपालिका, राजविराज नगरपालिका, बोदबर्साइन नगरपालिका, खडक नगरपालिका, सुरुङ्गा नगरपालिका, कञ्चनपुर नगरपालिका र डाक्नेश्वरी नगरपालिकाको विभिन्न वडामा प्रहरीद्वारा तीन दर्जनभन्दा बढी सचेतनामूलक कक्षा संचालन भइसकेको छ ।
यस्तै जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका, तिरहुत गाउँपालिका, बलान–बिहुल गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, अग्निसाइर कृष्ण सवरण गाउँपालिका, महादेवा गाउँपालिका लगायतका पालिकाको विभिन्न पालिकामा रहेका विद्यालयहरुमा यस्तो कक्षा अझै चलिरहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
विभिन्न खाले विकृति, विसंगति तथा अपराध नियन्त्रण र न्यूनिकरण गर्ने उद्देश्यले नगर र गाउँका स्कुले बालबालिकाको स्कूल–स्कूल पुगेर कक्षा संचालन मार्फत सचेतना जगाउने काम अभियानकै रुपमा अघि बढेको प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्कीले बताए ।
पछिल्लो समय सडक दुर्घटना, ट्राफिक नियमको उल्लघंन, लागुऔषधको सेवनकर्ता, आगलागि, साइबर अपराध लगायतका घटना बढ्दो देखिएकाले न्यूनिकरणका लागि विद्यार्थीमार्फत यो कार्यक्रम थप प्रभावकारी हुने भएकाले यसरी अभियान नै संचालन गरिएको र कार्यक्रम जिल्लाका सबै १८ वटै पालिकामा संचालन हुने प्रहरी उपरीक्षक कार्कीले बताए ।
विद्यार्थी मार्फत यो कार्यक्रमलाई समाजमा लैजाँदा घर, परिवार र समाजमा सजिलैसँग जान सक्ने प्रहरीको विश्वास छ । कार्यक्रममा मातहतका प्रहरी चौकी र इलाका प्रहरी कार्यालयका साथै जिल्लाबाट समेत खटिने तालिम प्राप्त तथा अनुभवि प्रहरी अधिकारीहरुले कक्षामा सहभागी बालबालिकालाई पढाउने र आवश्यक प्रशिक्षण दिने गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ