News Category 2079/12/06
सिटीबाट लडेर एक नाबालकसहित सवारी दुर्घटनामा ६ जना घाइते
दैनिक समाचारदाता
राजविराज, ६ चैत ।
सप्तरीमा आइतबार र सोमबार भएको विभिन्न सवारी दुर्घटनामा एक नाबालसहित ६ जना घाइते भएका छन् ।
सोमबार दिउँसो राजबिराज ८ मदननगरस्थित सडक खण्डमा सिटि रिक्सा आफै अनियन्त्रित भई दुर्घटना हुँदा ८ महिने नाबालक लडेर घाइते भएका छन् ।
उत्तरबाट दक्षिण तर्फ आँउदै गरेको प्रदेश नं.१–०२–००३ह.३७११ नम्बरको सिटि रिक्शा आँफै अनियन्त्रित हुँदा रुपनी गाउँपालिका २ का राज कुमार अधिकारीको ८ महिने छोरा मोहित अधिकारी आमाको काँखबाट बाटोमा लड्दा टाँउको र नाकमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते नाबालकको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भईरहेको तथा सिटि रिक्सा र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै जिल्लाको बिष्णुपुर गाउँपालिका ७ स्थित राजबिराज सखडा सडक खण्डमा मोटरसाइकल ओभरटेक गर्ने क्रममा अनियन्त्रित हुँदा तीन जना घाइते भएका छन् ।
उत्तरबाट दक्षिणतर्फ जादै गरेको प्र.२–०१–००१ज.००३६ नम्बरको विंगरलाई सोही दिशातर्फ जादै गरेको को.२२प.५०२१ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई दुर्घटना हुदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा मोटरसाइकल चालक छिन्नम्सता ७ हाटिका ३५ वर्षिय राजकुमार रजक, मोटरसाइकल पछाडी सवार बहीनी २३ वर्षीय रन्जना कुमारी रजक र ६ वर्षिया छोरा प्रतिक कुमार रजक छन् ।
घाईतहरुको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भईरहेको र उक्त दुर्घटना वारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै जल्लाको छिन्नमस्ता गाउँपालिका १ बरहि बिरपुरमा साइकलको ठक्करबाट एक बालक घाइते भएका छन् । स्थानिय दिपक कुमार रायका ९ वर्षिय छोरा आनन्द कुमार राय घाइते भएका हुन् ।
स्थानिय ११ वर्षिय संतोष कुमार रायले चलाउदै गरेको साईकलले ठक्कर दिँदा आनन्दको बाया खुट्टा भाँचेको प्रहरीले जनाएको छ । घाइते आनन्दको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचार भइरहेको छ ।
यस्तै जिल्लाको अग्निसाईर कृष्णसवरण गाउँपालिका ४ बिशाल चोकस्थित पुर्ब पश्चिम राजमार्गमा पुर्बबाट पश्चिमतर्फ जादै गरेको स.१च.१२९९ नम्बरको पिकपले साईकल यात्रीलाई ठक्कर दिएको छ ।
सो ठक्करबाट साईकल यात्री स्थानिय प्रसवनि टोल निवासी ४० वर्षिय राजन सरदारको टाउकोमा चोट लागेकोले स्थानिय अहिर अस्पताल जण्डोलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ