News Category 2079/12/06
सिटीबाट लडेर एक नाबालकसहित सवारी दुर्घटनामा ६ जना घाइते
दैनिक समाचारदाता
राजविराज, ६ चैत ।
सप्तरीमा आइतबार र सोमबार भएको विभिन्न सवारी दुर्घटनामा एक नाबालसहित ६ जना घाइते भएका छन् ।
सोमबार दिउँसो राजबिराज ८ मदननगरस्थित सडक खण्डमा सिटि रिक्सा आफै अनियन्त्रित भई दुर्घटना हुँदा ८ महिने नाबालक लडेर घाइते भएका छन् ।
उत्तरबाट दक्षिण तर्फ आँउदै गरेको प्रदेश नं.१–०२–००३ह.३७११ नम्बरको सिटि रिक्शा आँफै अनियन्त्रित हुँदा रुपनी गाउँपालिका २ का राज कुमार अधिकारीको ८ महिने छोरा मोहित अधिकारी आमाको काँखबाट बाटोमा लड्दा टाँउको र नाकमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते नाबालकको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भईरहेको तथा सिटि रिक्सा र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै जिल्लाको बिष्णुपुर गाउँपालिका ७ स्थित राजबिराज सखडा सडक खण्डमा मोटरसाइकल ओभरटेक गर्ने क्रममा अनियन्त्रित हुँदा तीन जना घाइते भएका छन् ।
उत्तरबाट दक्षिणतर्फ जादै गरेको प्र.२–०१–००१ज.००३६ नम्बरको विंगरलाई सोही दिशातर्फ जादै गरेको को.२२प.५०२१ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई दुर्घटना हुदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा मोटरसाइकल चालक छिन्नम्सता ७ हाटिका ३५ वर्षिय राजकुमार रजक, मोटरसाइकल पछाडी सवार बहीनी २३ वर्षीय रन्जना कुमारी रजक र ६ वर्षिया छोरा प्रतिक कुमार रजक छन् ।
घाईतहरुको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भईरहेको र उक्त दुर्घटना वारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै जल्लाको छिन्नमस्ता गाउँपालिका १ बरहि बिरपुरमा साइकलको ठक्करबाट एक बालक घाइते भएका छन् । स्थानिय दिपक कुमार रायका ९ वर्षिय छोरा आनन्द कुमार राय घाइते भएका हुन् ।
स्थानिय ११ वर्षिय संतोष कुमार रायले चलाउदै गरेको साईकलले ठक्कर दिँदा आनन्दको बाया खुट्टा भाँचेको प्रहरीले जनाएको छ । घाइते आनन्दको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचार भइरहेको छ ।
यस्तै जिल्लाको अग्निसाईर कृष्णसवरण गाउँपालिका ४ बिशाल चोकस्थित पुर्ब पश्चिम राजमार्गमा पुर्बबाट पश्चिमतर्फ जादै गरेको स.१च.१२९९ नम्बरको पिकपले साईकल यात्रीलाई ठक्कर दिएको छ ।
सो ठक्करबाट साईकल यात्री स्थानिय प्रसवनि टोल निवासी ४० वर्षिय राजन सरदारको टाउकोमा चोट लागेकोले स्थानिय अहिर अस्पताल जण्डोलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ