News Category 2079/12/07
तिलाठीमा जन्मदर्ता गराउने अभियान सञ्चालन गरिने
दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा जन्मदर्ता गर्न छुटेकाहरुको लगत संकलन गरी जन्मदर्ता गराउने अभियान सञ्चालन गरिने भएको छ ।
सो सम्बन्धमा मंगलबार पालिकाको कार्यालयमा जन्मदर्ता तथा घटना दर्ता सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।
युनिसेफको सहयोगमा तिलाठी कोइलाडी गाउँपालिकाले बाल संरक्षण कार्यक्रम अन्तर्गत उक्त अभियान संचालन गर्न लागेको हो ।
तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षतामा सो अभिमुखीकरण कार्यक्रम प्रथम चरणमा तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ३, ४ र ५ मा स्वयम्सेवक मार्फत जन्मदर्ता गर्न छुटेकाहरुको लगत संकलन गरिने बाल संरक्षण कार्यक्रमका सम्पर्क ब्यक्ति किशोर कुमार झाले बताए ।
तिलाठी कोइलाडी गाउँपालिकाको ८ वटै वडाका दर्ता किताबमा १५ हजार ७ सय ९ जनाको जन्मदर्ता कायम रहेको छ । पहिलो चरणमा तीनवटै वडामा स्वयम्सेवकमार्फत लगत संकलन गरिने र त्यसपछि जन्म दर्ता गराइने कार्यक्रम रहेको सम्पर्क ब्यक्ति झाले जनाकारी दिए ।
स्वयम्सेवकहरुमार्फत ब्यक्तिगत घटना दर्ता सम्बन्धी कानुनी ब्यवस्था सहितको पोष्टर पम्पलेट वितरण र माइकिङ्ग समेत गरिने कार्यक्रम रहेको सो अभिमुखीकरण कार्यक्रममा जानकारी गराइयो ।
कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादवले जन्म तथा ब्यक्तिगत घटना दर्ता सम्बन्धी कानुनी प्रावधानका बारेमा प्रस्तुतीकरण गरे । युनिसेफकी सुष्मा भट्टले कार्यक्रमको उद्देश्यको बारेमा जानकारी गराउँदै दोस्रो चरणमा बाँकी रहेका वडाहरुलाई समेत समेटिने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ