News Category 2079/12/07
जातीय विभेद कानुनीरुपमा अन्त्य भए पनि व्यवहारमा भने अझै हट्न सकेन् ः मन्त्री लेखी
दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
मधेस प्रदेशका कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्री राजकुमार लेखीले जातीय विभेद कानुनीरुपमा अन्त्य भए पनि व्यवहारमा भने अझै हट्न नसकेको बताएका छन् ।
५८औंँ अन्तर्राष्ट्रिय जातीय तथा रगंभेद उन्मूलन दिवस (मार्च २१, २०२३) को अवसरमा दलित सरोकार मञ्च नेपाल, कञ्चनरुप ८ सप्तरीले मंगलबार आयोजना गरेको जातीय विभेदसम्बन्धी नीति र अभ्यासमा रहेको अन्तरविरोध विषयक अन्तरक्रियामा मन्त्री लेखीले सो कुरा बताएका हुन् ।
मन्त्री लेखीले दलित समुदायले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर आफ्ना बालबालिकालाई शिक्षित बनाउनु आवश्यक रहकोेले दलित बालबालिका शिक्षित भएपछि मात्रै आप्mना अधिकारबारे कुरा उठाउन सक्ने बताए ।
‘जातिवाद तथा रंगभेदविरुद्ध तत्काल संंघर्ष’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोलाकुमार पासवानले सन् १९६० मार्च २१ मा दक्षिण अफ्रिकाको सार्पभिल भन्ने ठाउँमा स्थानीय काला जातिका जनताले रंगभेदी कानुनविरुद्ध गरेको आन्दोलनले मधेसी र दलित समुदायका लागि विशेष महत्व राख्ने बताए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी दीपकुमार राय, कञ्चनरुप नपा ९ का वडाअध्यक्ष रामसुन्दर यादव, वडा नम्बर १ का वडाअध्यक्ष रब्बान खान, मञ्चका संस्थापक उपाध्यक्ष बच्चु सरबरिया, दलित समुदायका कार्यपालिका सदस्यहरुको संञ्जालका सप्तरी जिल्ला संयोजक अशोककुमार राम, सहसंयोजक राजेन्द्र विश्वकर्मा, संयुक्त दलित संघर्ष समिति कञ्चनरुप नपाका रामदेश शर्मा खत्वे, जिल्ला सचिव सियाराम पासवान, कञ्चनरुप नपाका पूर्वकार्यपालिका सदस्य विमलादेवी दासलगायतले दलित समुदायमाथि अझै विभेद कायम रहेकाले एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
दलित समुदायका कार्यपालिका सदस्यहरुको जिल्लास्तरीय सञ्ंजाल सप्तरी र नगरस्तरीय संयुक्त दलित संंघर्ष समिति, कञ्चनरुप नगरपालिका सप्तरीको समन्वयमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा जिल्लाभरीका दलित अगुवा,दलित समुदायका कार्यपालिका सदस्यहरु र अगुवाहरुको सहभागिता रहेको थियो । कार्यक्रम संचालन सुरुङ्गा नगरपालिकाका कार्यपालिका सदस्य शविदर्शन पासवानले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ