News Category 2079/12/07
गठबन्धनको सरकारमा पालैपालो तीन दलले नेतृत्व गर्ने सहमति ः नेता निधि
दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सरकार पाँच वर्ष चल्ने दाबीका साथ यो गठबन्धनको सरकारमा पालैपालो तीन दलले नेतृत्व गर्ने सहमति भएको खुलासा गरेका छन् ।
मंगलबार सप्तरीको कञ्चनरुप नगरपालिकास्थित बरमझियामा मेयर कप खेलकुद प्रतियोगिताको उद्घाटन मन्तव्यका क्रममा उनले यस्तो खुलासा गरेका हुन् ।
उनले भने, यो सरकार पूरै कार्यकाल टिक्छ, तपाइँहरु ढुक्क रहनुहोस् । उनले पहिलो कार्यकाल प्रचण्ड, दोश्रो कार्यकाल नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, र तेश्रो कार्यकाल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनावी सरकार बन्ने पनि बताए ।
राजनीतिमा पनि खेलको जस्तै अनुशासन आवश्यक रहने बताउँदै उनले नेकपा (एमाले)ले त्यही अनुशासन र नियम नमानेका कारण सत्ताबाट बाहिरिएको जिकिर गरे ।
नेता निधिले सुरुमा काँग्रेसले पनि केही त्रुटी गरेका कारण प्रतिपक्षमा बस्ने अवस्था आएको भन्दै त्यसका बाबजुद पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै विश्वासको मत दिएर त्रुटी सच्याएको स्पष्ट पारे ।
सरकार बाहिर बसेर पनि प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिँदा धेरैतिरबाट नकारात्मक टिप्पणी सुन्नु परेको प्रसंग कोट्याउँदै नेता निधिले अहिले त्यसको परिणाम सकारात्मक आएको दावी गरे ।
नेपाली काँग्रेस पनि वर्तमान सरकारमा सहभागी हुने जानकारीका साथ पार्टीका केन्द्रीय सदस्य समेत रहेका उनले तीन, चार दिन भित्रै सरकारले पूर्णता पाउने भन्दै प्रदेशमा पनि कतै काँग्रेसको नेतृत्वमा कतै काँग्रेससहितको सहभागितामा सरकार बन्ने उनको कथन थियो ।
कंचनपुर नगरपालिकाका प्रमुख ललनप्रसाद गुप्ताले नगरपालिकाको तर्फबाट योग्य खेलाडी उत्पादन तथा प्रदेश र देशको खेलकुद स्तर माथी उठाउन विभिन्न योजना बनाएर अघि बढेको र यसै क्रममा पहिलो पटक फुटवल, क्रिकेट, ब्याटमिनटन र क्यारेम बोर्ड लगायतका खेल समावेश गरि प्रथम मेयरकप प्रतियोगिताको आयोजना गरिएको बताए ।
चैत १५ सम्म चल्ने प्रतियोगितामा कंचनरुप नगरपालिकाका सबै १२ वटा वडा तथा कर्मचारी र स्वयमसेवक गरि कुल १४ टिम प्रतियोगितामा सहभागि छन् । प्रतियोगिताका बिजेता र उपबिजेतालाई क्रमशः नगद ५० र ३० हजार तथा ट्रफि प्रदान गरिने छ ।
कंचनरुप नगरपालिकाको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य दिनेशकुमार यादव, प्रदेशसभा सदस्य मो.सकिल, पूर्वसंविधानसभा सदस्य सूर्यनाथ यादव, पूर्वप्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादव, पूर्वमन्त्री सत्यनारायण मण्डललगायतले शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ