News Category 2079/12/08
जिल्ला प्रशासनमा उजुरी परेपछि एजेन्टद्वारा रकम फिर्ता
दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
झण्डै एक वर्षदेखी बैदेशिक रोजगारीमा पठाइदिने भन्दै तीन जनासँग झण्डै ६ लाख रकम लिएका बैदेशिक रोजगार कम्पनीका एक एजेन्टले बुधबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा सो रकम फिर्ता गरेको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका १ निवासी जवरुल मियाँले बैदेशिक रोजगारका लागि कतार पठाइदिने भन्दै जिल्लाकै तिरहुत गाउँपालिका २ का ऐयुब मंसुरीसँग २ लाख १५ हजार, रहमान मियाँसँग १ लाख ८० हजार र विष्णुपुर गाउँपालिका १ का मो. इरफान मंसुरीसँग १ लाख ८० हजार गरि ५ लाख ७५ हजार रकम लिएका थिए । ६ महिनासम्म पनि एजेन्ट मियाँले बैदेशिक रोजगारका लागि नपठाएपछि पीडित तिनै जनाले जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी दिएका थिए ।
प्रशासन कार्यालयमा उजुरी आएपछि प्रशासन कार्यालयमै रहेको आप्रवासी श्रोत केन्द्र राजविराजले एजेन्ट तथा पीडितहरुसँग लामो समयसम्म समन्वय गरेको थियो ।
समन्वय पश्चात् एजेन्ट मियाँले तीनै जनाको पासपोर्ट बनाउन लागेको ११÷११ हजार रकमसहित ६ लाख ८ हजार प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई फिर्ता गरे । एजेन्टले फिर्ता गरेको उक्त रकम प्रजिअ थापाले सोही बेला तीनै जना पीडितलाई प्रदान गरेको आप्रवासी श्रोत केन्द्र राजविराजका कार्यक्रम संयोजक राजेन्द्र यादवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ