News Category 2079/12/09
विद्युत चोरी गरेको आरोपमा आधा दर्जन पक्राउ, पक्राउ पर्नेको संख्या १ सय २० पुग्यो

दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
विद्युत चोरी गरिरहेको आरोपमा विहिवार जिल्लाको विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरिएको छ । यो सँगै दुई महिनाको अवधीमा विद्युत चोरी गरेको आरोपमा पक्राउ पर्नेको संख्या १ सय २० पुगेको छ ।
पक्राउ पर्नेहरुमा विष्णुपुर गाउँपालिका ४ का नारायण खंग, विजय मण्डल र रविन्द्र मण्डल छन । यस्तै राजगढ गाउँपालिका ६ का डोमी राम र सुन्दर कुमार राम पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
विद्युत प्राधिकरण राजविराज वितरण केन्द्र राजविराज र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
विद्युतीय पोलबाट हुकिङ्ग गरी विद्युत प्रयोग गरिरहेको अवस्थमा पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ । पक्राउ परेकाहरुबाट प्रति ब्यक्ती १५ हजार ५ सयका दरले जरिवाना वसुल तथा अब उप्रान्त विद्युत चोरी न गर्ने कागजात बनाएर मात्र छाडिने प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
- 2082/04/11 चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
- 2082/04/11 आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी
- 2082/04/10 करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
- 2082/04/10 कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
- 2082/04/10 तपेश्वरीमा पहिलो पटक मिनि महोत्सव हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ