News Category 2079/12/10
नेपाल शिक्षक संघ मधेश प्रदेशको दोश्रो अधिवेशन शुरु
दैनिक समाचारदाता
राजविराज, १० चैत ।
राजविराजमा शुक्रबारदेखी नेपाल शिक्षक संघ मधेश प्रदेशको दोश्रो प्रदेश अधिवेशन शुरु भएको छ ।
“शिक्षकको मर्यादित पेशा, विद्यार्थीलाई जीवनोपयोगी शिक्षा” नाराका साथ सुरु भएको अधिवेशनमा प्रदेश अन्तर्गतका ८ वटै जिल्लाका शिक्षक संघका प्रतिनिधि सहभागीता रहेको छ ।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल शिक्षक संघका संघीय अध्यक्ष राजेन्द्र राज पौडेलले शिक्षकका पेशागत अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए ।
शिक्षकको पेशागत अधिकार सुनिश्चित भए शैक्षिक विकास र लोकतन्त्र प्रतिको आस्थामा समेत बृद्धि हुने भन्दै राज्यले यसतर्फ ध्यान दिनुपर्ने बताए ।
चुनावी अधिवेशन समेत भएकाले तीन दिनसम्म चल्ने अधिवेशनले अगामी ४ वर्षेका कार्यकालका लागि नयाँ नतृत्वको चयन गर्ने तथा घोषणा पत्र सार्वजनिक गर्ने संघका जिल्ला अध्यक्ष नारायण यादवले जानकारी दिए ।
संघको मधेश प्रदेशका अध्यक्ष मेघनाथ यादवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा संघका संघीय वरिष्ठ उपाध्यक्ष एमवी भुसाल, गगंगाप्रसाद यादव, महासचिव सोमनाथ गिरी, लक्ष्मी किशोर सुवेदी, उपमहासचिव परशुराम यादव, नेपाली काँग्रेस सप्तरीका उपसभापति रामकुमार यादव, सचिव प्रभुनारायण चौधरी लगायतले पनि शुभकामना दिदै शैक्षिक गुणस्तर सुधार्न विद्यालयहरुको भौतिक अवस्थामा सुधार तथा विद्यार्थीलाई शैक्षिक सत्र शुरु भए लगतै समयमै पाठयपुस्त उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ