News Category 2079/12/10
दाईजोका कारण श्रीमतीलाई घर निकालासम्म गरेको कसुरमा श्रीमान पुर्पक्षका लागी कारागार चलान

दैनिक समाचारदाता
राजविराज, १० चैत ।
दाईजोका नाममा श्रीमान्संगै परिवारका अन्य सदस्यले शारिरीक र मानसिक यातना, कुटपिट, गर्भपतन, खान लगाउन नदिने र घर निकाला सम्मको कसुर गरेको भन्दै सप्तरी जिल्ला अदालतले राजविराजका एक युवकलाई पुर्पक्षका लागी कारागार पठाउने आदेश दिएको छ ।
मुख्य न्यायाधिश हेमन्त रावलको एकल इजलासले राजविराज ३ निवासी ३० वर्षिय नवीनकुमार दासलाई पुर्पक्षका लागी कारागार पठाउने आदेश दिएको हो ।
दास विरुद्ध परेको विवाह सम्बन्धि कसुर र गर्भपतन मुद्दामा थुनछेक बहस पछी शुक्रवार कारागारमा पठाउने आदेश जारी गरे लगतै प्रहरीले उनलाई राजविराज कारागार चलान गरेको छ ।
उनको श्रीमती २३ वर्षिया आरती कुमारी दास न्यायका लागी अदालतको शरणमा पुगेकी थिईन । यस अघि घरेलु हिंसाको मुद्दामा समेत जिल्ला अदालतले आरतीको पक्षमा संरक्षनात्मक आदेश जारी गरेको थियो. ।
तीन घण्टा लामो थुनछेक वहसमा पीडित महिला आरतीका तर्फबाट प्रदेश सभासदस्य समेत रहेकी अधिवक्ता किरण कुमारी साह, केशव दास लगायत ५ जना कानुन व्यवसायीले बहस गरेका थिए । अधिवक्ता साहले पीडित महिला आरतीलाई न्याय दिलाउन गरेको प्रयासमा न्यायमुर्ती रावलले गरेको पैmसलाले न्याय र अदालत प्रतिको आस्था र विश्वास मजवुत बनाउने काम गरेको बताईन ।
मुद्दामा विपक्षी बनाइएका सासु, ससुरा र नन्दलाई समेत मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को दफा ५७ बमोजिम पक्राउ पुर्जी जारी गरी कारवाही सजायको माग गरिएको छ । हाल उनीहरु फरार रहेको बताइएको छ ।
आदेशमा आरतीलाई निज बसी आएको घरमा वसोवास गर्न दिनु, खान लाउन दिनु तथा कुटपिट र गाली बेइजत नगर्नु भनिएको थियो । त्यती बेला पनि घर प्रवेश गराउन खोज्दा परिवारजनले घरको मुल गेटमा भित्र पट्टीबाट ताला लगाएर बसेका थिए । पटक पटक आग्रह गर्दा पनि ढोका न खोलेपछी कानून व्यवसायी, संचारकर्मी, जनप्रतिनीधी, प्रहरी र स्थानीय भरभलादमीले बाहिरबाट सिढी लगाएर आरतीलाई घरको कम्पाउण्ड भित्र छिराएको थियो ।
तर, अदालतको आदेशको पालना नगरी श्रीमान नविन, सासु, ससुरा, नन्द र परिवारका अन्य सदस्यहरु मिली फेरी त्यस्तै प्रकृतिको व्यवहार दोह¥याउन थालेको भन्दै आरती पुनःअदालतको शरणमा पुगेकी थिइन ।
उनले अदालतमा पेश गरेको विवाह सम्बन्धि कसुर र गर्भपतन सम्बन्धि मुद्दामा थप ५० लाख दाईजो माईतबाट लिई आउन परिवारजनले दवाव दिन थालेको र इन्कार गर्दा गर्भवती अवस्थामा समेत खान लाउन नदिई कुटपिट गरेपछी २ महिना २ दिनको गर्भ समेत तुहिएको उल्लेख गरेकी छिन । गर्भ तुहिएको सम्बन्धि मेडिकल रिर्पोट पनि पेश गरेकी उनले दाईजोका लागी पटक पटक शारिरीक र मानसकि यातना मात्र होइन । घरमा खान लाउन पनि नदिदाँ कतिपय दिन भोक भोकै वस्नु परेको त कतिपय दिन माइतीबाट खाना खर्च मगाई खानाको जोहो आपैmले गर्नू परेको पीडा उल्लेख गरेकी छिन ।
जनकपुर उप महानगरपालिका माईती भएकी आरतीको राजविराज ३ निवासी नवीनसँग २०७७ साल मंसिर २१ गते धुमधामका साथ हिन्दु रितीरिवाज अनुसार विवाह सम्पन्न भएको थियो । तर, थप दाईजोको मागका लागी आरती र माईती पक्षलाई दवाव बढाँउदै लगेपछी आन्तरिक कलह बढ्दै गएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ