News Category 2079/12/11
सप्तरीमा बढ्दै आत्महत्याका घटना
दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
सप्तरी जिल्लामा आत्महत्याका घटना बढ्दै गइहरेको छ । यस्ता घटना न्यूनिकरणका लागि प्रहरीले सचेतना अभियान चलाई रहेका बेला पनि आत्महत्याका घटना भने रोकिएको छैन ।
पछिल्लो पटक शनिवार जिल्लाको छुट्टाछुट्टै स्थानमा एक ३२ वर्षिया महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन भने एक ७५ वर्षिय वृद्धले विषादी सेवन गरी आत्महत्याको प्रयास गरेका छन् ।
योसँगै जिल्लामा २ महिनाको अबधिमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या १७ पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।
प्रहरीका अनुसार विष्णुपुर गाउँपालिका ३ मुसहरी टोलमा विहान ६ बजेतिर ३२ वर्षिया ममता मरिकले आफ्नै कोठामा साडीको पासो लगाई झुण्डिएर आत्महत्या गरेकी छिन । उनको मृत शरिर पोष्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै जिल्लाको खडक नगरपालिका–८ विसनपुर टोल बस्ने ७५ वर्षिय बृद्ध हजिरा मोती रहमान मियाँले तरकारी खेतीमा किरा मार्न प्रयोग गरिने सुपरकिलर नामक विषादी सेवन गरी आत्महत्याको प्रयास गरेका छन् ।
उनको गम्भिर अवस्थामा छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । दुवै घटनाको कारण भने खुल्न नसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ