News Category 2079/12/11
सप्तरीमा बढ्दै आत्महत्याका घटना
दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
सप्तरी जिल्लामा आत्महत्याका घटना बढ्दै गइहरेको छ । यस्ता घटना न्यूनिकरणका लागि प्रहरीले सचेतना अभियान चलाई रहेका बेला पनि आत्महत्याका घटना भने रोकिएको छैन ।
पछिल्लो पटक शनिवार जिल्लाको छुट्टाछुट्टै स्थानमा एक ३२ वर्षिया महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन भने एक ७५ वर्षिय वृद्धले विषादी सेवन गरी आत्महत्याको प्रयास गरेका छन् ।
योसँगै जिल्लामा २ महिनाको अबधिमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या १७ पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।
प्रहरीका अनुसार विष्णुपुर गाउँपालिका ३ मुसहरी टोलमा विहान ६ बजेतिर ३२ वर्षिया ममता मरिकले आफ्नै कोठामा साडीको पासो लगाई झुण्डिएर आत्महत्या गरेकी छिन । उनको मृत शरिर पोष्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै जिल्लाको खडक नगरपालिका–८ विसनपुर टोल बस्ने ७५ वर्षिय बृद्ध हजिरा मोती रहमान मियाँले तरकारी खेतीमा किरा मार्न प्रयोग गरिने सुपरकिलर नामक विषादी सेवन गरी आत्महत्याको प्रयास गरेका छन् ।
उनको गम्भिर अवस्थामा छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । दुवै घटनाको कारण भने खुल्न नसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ