News Category 2079/12/11
दाहसंस्कारको तयारी भइरहेका बेला बालकले शरीर हल्लाएपछि पाए नयाँ जिवन
दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ६ का १२ वर्षिय एक बालकको मृत्यु भएको विश्वास गरी दाहसंस्कारको तयारी भइरहेका बेला अचानक शरीर हल्लिएको देखेर उपचारका लागि अस्पताल पु¥याउँदा लामो उपचार पछि नयाँ जीवन पाएका छन् ।
अत्यन्त गरीब परिवारका स्थानिय १२ वर्षिय बालक अजय मण्डललाई वडाअध्यक्ष तेजनारायण यादवले गत कार्तिक छठ पुजा कै दिन गम्भिर अवस्थामा ल्याएको अस्पतालका स्वास्थ समन्वयकर्ता दिपेन्द्र यादवले बताए ।
राजविराजस्थित छिन्नमस्ता अस्पतालमा विगत ६ महिनादेखि उपचार भइरहेको उनको स्वास्थ अवस्थामा अहिले ९० प्रतिशत सुधार भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । सो अस्पतालमा आवश्यक स्वास्थ्य परिक्षण पश्चात जापनिज इन्स्फेलाइटिस रोग पत्ता लगाएका डा. मुकुन्द देव र डा. माधव देवले आईसियुमा राखेर उनको उपचार शुरु गरेका थिए ।
उपचारका लागि ल्याउँदा श्वासप्रश्वासमा समस्या, हात खुट्टा शिथिल तथा अचेत अवस्थामा रहेका अहिले उनी बोल्न र सामान्य हिडडुल गर्न सक्ने अवस्थामा समेत पुगी सकेका छन् ।
बालक अजयको मृत्यु भएको र अन्तिम संस्कारका लागि लैजाने तयारी हुँदै गरेको अवस्थामा पुगेका वडाअध्यक्ष यादवले बालकको शरीर अचानक चल्न थालेको देखेपछि उनकै पहलमा अस्पताल ल्याएर भर्ना गरिएको थियो ।
वडा अध्यक्ष यादवले घटना सम्झिदै भने “छठ पर्वको दिन थियो, टोलमा अजयको मृत्यु भयो भनी हल्ला चलेपछि हतार हतार उसको घर पुगेको थिए, त्यहाँ अन्तिम संस्कारको तयारी हुँदै थियो ।” अचानक आंगनमा राखिएको अजयको शरीरमा हलचल देखिएपछि परिस्थिति नै अर्को भयो उनले भने ।
भिक्षा मागेर दुई सन्तानको लालन पालन गर्दै आएकी आमा नर्मदा देवी भन्छीन्– छोराको अवस्थामा धेरै सुधार आएको छ । मरेको ठानेको छोरा निको हुन लागेको देख्दा निकै खुशी लागेको छ ।
दैनिक ज्याला÷मजदुरी गर्दै आएका बालक अजयका बुवा फिरंगी मण्डलको दुई वर्ष अघिनै निधन भइसकेको छ । अस्पतालले परिवारको आर्थिक अवस्था कमजोर देखेर अहिलेसम्म उपचार खर्च वापत ताकेता गर्न नसकेको र मानवीय संवेदनशीलताका कारण चिकित्सक र नर्सहरुले उपचारलाई निरन्तरता दिएको अस्पतालका संचालक शैलेन्द्र मोहन झाको भनाइ छ ।
अस्पतालका स्वास्थ्य समन्वयकर्ता दिपेन्द्र यादवले बालक अजयको उपचारमा अहिलेसम्म औषधी समेत गरी १२ लाख रुपैयाँ अस्पतालको लगानी भइसकेको बताए ।
उनले औषधीहरु महँगो भएकाले किनेर ल्याइदिदा अस्पताललाई थप आर्थिक भार बढ्दै गएकाले बालकले बसोवास गरिरहेका पालिका तथा अन्य दाताहरुलाई सहयोगका लागि अनुरोध गरिएको समेत बताए ।
यता वडा अध्यक्ष तेजनारायण यादवले अस्पतालले अहिलेसम्म गरेको सहयोग अत्यन्तै सराहनीय रहेको बताएका छन् । उनले भने –१२ लाख त सम्भव छैन, तर गाउँपालिकाबाट औषधी खर्च सम्म अस्पताल प्रशासनलाई बुझाउने गरी आवश्यक पहल थालेका छौ । उनले पनि गरिब परिवारका अजयको उपचार खर्चमा सहयोग गर्न दाताहरुलाई आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ