News Category 2079/12/12
सप्तरीमा दिनानुदिन आत्महत्याका घटना बढ्दै, दुई महिनामा १८ जनाले गरे आत्महत्या
दैनिक समाचारदाता
राजविराज, १२ चैत ।
सप्तरी जिल्लामा आत्महत्याका घटना दिनानुदिन बढ्दै गइरहेको छ । यी यस्ता घटना न्यूनिकरणका लागि प्रहरीले विभिन्न पालिकाहरुमा सचेतना अभियान चलाईरहेको छ । तर, पनि घटना रोकिनुको साटो बढ्दै गएको छ ।
पछिललो पटक जिल्लाको बोदेबर्साईन नगरपालिकामा एक महिलाले शनिबार किरा मार्ने ओषधी सेवन गरि आत्महत्या गरेकी छिन् । योसँगै जिल्लामा २ महिनाको अबधिमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या १८ पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सो नगरपालिका वडा नं. ८ काचन बस्ने ४५ वर्षिया कुसुमदेवी साहले चामलमा राख्ने किरा मार्ने औषधी सेवन गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार किरा मार्ने औषधी सेवन पश्चात् उनलाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारका लागि भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।
यता घटना बारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यसअघि मात्रै शनिवारै जिल्लाको विष्णुपुर गाउँपालिका ३ मुसहरु टोलमा ३२ वर्षिया ममता मरिकले झुण्डिएर आत्महत्या गरेकी छिन भने जिल्लाको खडक नगरपालिका ८ विसनपुर टोल बस्ने ७५ वर्षिय बृद्ध हजिरा मोती रहमान मियाँले तरकारी खेतीमा किरा मार्न प्रयोग गरिने सुपरकिलर नामक विषादी सेवन गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ