News Category 2079/12/12
सवारी दुर्घटनामा एक बालकसहित ५ जना घाइते
दैनिक समाचारदाता
राजविराज, १२ चैत ।
सप्तरीको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परि एक बालकसहित ५ जना घाइते भएका छन् ।
पछिल्लो पटक जिल्लाको राजगढ गाउँपालिका ५ मलेखपुरस्थित हुलाकी सडक खण्डमा स्कुटिले एक पैदल यात्रीलाई ठक्कर दिएको छ । सो ठक्करबाट स्थानिय १२ वर्षिय बालक घाइते भएका छन् ।
सिरहाबाट राजबिराजतर्फ आउदै गरेको प्र.२–०१–००१प.९१९५ नम्बरको स्कुटिले बाटो काट्ने क्रममा स्थानिय १२ वर्षिय डब्लु कुमार रामलाई ठक्कर दिएको हो ।
ठक्करबाट घाइते भएका रामलाई उपचारका लागी स्कुटर चालक राजबिराज २ निवासी गजेन्द्र कुमार हाडाले धरान लगेको प्रहरीले जनाएको छ ।
यस्तै पुर्वपश्चिमम राजमार्ग अन्तरगत जिल्लाकै खडक नगरपालिका ५ खरचुईया चोकमा आइतबार पिकअपले साइकललाई ठक्कर दिदा दुई जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.२–०२–००१च.०६४६ न. को पिकअपले सोहि दिशातर्फ जाँदै गरेको साईकल यात्री स्थानिय ३२ वर्षिय राज कुमार साह र पछाडी सवार ४० वर्षिय सन्तोष कुमार चौधरीलाई ठक्कर दिएको हो ।
सो ठक्करबाट घाईते दुबै जनाको सप्तऋषि अस्पताल लहानमा उपचार भईरहेको तथा पिकअप र पिकअप चालक महोत्तरीको बर्दिवास ११ निवासी २१ वर्षिय सन्तोष बि.क. लाई नियन्त्रणमा लिई घटना वारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरि राजबिराज २ हनुमाननगर राजबिराज सडक खण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक बालिकासहित दुई जना घाइते भएका छन् ।
पुर्वबाट पश्चिमतर्फ जादै गरेको स.५प. ९५५४ नं.को मोटरसाइकलले पश्चिमबाट पुर्वतर्फ जादै गरेको साईकल यात्री स्थानिय १४ वर्षिया खुशीकुमार यादव र वडा नं. १२ निवासी ४५ वर्षिया बद्री यादवलाई ठक्कर दिएको हो ।
दुबै घाइतेहरुको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचार भइरहेको तथा मोटरसाइकल र चालक वडा नं. १६ बोरिया निवासी २३ वर्षिय विवश ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिई घटना वारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ