News Category 2079/12/12
पाँच महिनादेखी तलब नखाएको भन्दै राविनपाका सरसफाई कर्मचारी आन्दोलित
दैनिक समाचारदाता
राजविराज, १२ चैत ।
पाँच महिनादेखी तलब नखाएको भन्दै राजविराज नगरपालिकामा कार्यरत सरसफाई कर्मचारीहरु आन्दोलित भएका छन् ।
सरसफाईको काम बहिष्कार गर्दै नगरपालिका कार्यालय भित्र उनीहरु आइतबार धर्ना बसेका हुन् । नगरपालिकाका विभिन्न वडाको सरसफाई कार्यमा खट्दै आएका करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुले गत मंसिर १२ गतेपछि तलब पाएका छैनन् ।
तलब बारे नगरपालिकाको सम्बन्धित फाँटमा पटक पटक ध्यानाकर्षण गराउँदा समेत चासो नलिएपछि बाध्य भएर काम बहिष्कार गरि धर्नामा बस्नु परेको सरसफाईकर्मी सकुन्तलादेवी मेहतरले बताइन् ।
अखिल नेपाल टे«ड युनियन मजदुर महासंघ मधेश प्रदेशका महासचिव केदार देवले मजदुरहरुको पाकेको तलब पनि समयमा नदिएर उनीहरुमाथी अन्याय भएको भन्दै आन्दोलनमा एक्यबद्धता जनाए ।
नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परबिनले प्रमुख प्रशासकीय अधिकृत नरहेका कारण सरसफाई मजदुरहरुलाई समयमै तलब खुवाउन नसकेको बताइन् ।
तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अन्यत्र सरुवा भई गएको र रिक्त स्थानमा अर्को प्रमुख प्रशासकीय अधिकृत नपठाइएका कारण आर्थिक कारोबार प्रभावित हुन पुगेको नगरपालिकाले जनाएको छ ।
सरसफाई कर्मचारीहरुको आन्दोलनका कारण आइतबार नगरपालिका अन्तरगतको वडाहरुको फोहर उठ्न सकेन् । नगरपालिकामा ६१ जना सरसफाई मजदुरहरु कार्यरत छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ