News Category 2079/12/13
बहुविवाहका फरार प्रतिवादी पक्राउपछि जेल चलान

दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
आठ वर्षपछि बहुविवाहका फरार एक प्रतिवादी पक्राउपछि सोमबार जेल चलान भएका छन् ।
जेल चलान हुनेमा राजविराज नगरपालिका ८ निवासी ४५ वर्षिय दिनेशकुमार साह छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेशकुमार सिंहका अनुसार बहुविवाह मुद्दामा सप्तरी जिल्ला अदालतले सुनुवाई गर्दै २०७२ साल चैत १७ गते साहलाई एक वर्ष कैद र ५ हजार जरिवाना हुने ठहर गरेको थियो ।
अदालतको फैसला पछि उनी फरार भएका थिए । वादी पुनम साहको जोहरीले उनीमाथी बहुविवाह मुद्दा चलाइएको थियो ।
घरमै लुकी बसेको गोप्य सूचनापछि पुगेको प्रहरी टोलीले साहलाई पक्राउ गरेको हो । पक्राउ परेका साहलाई सोमबार नै अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ