News Category 2079/12/14
म्याजिकले बसलाई ठक्कर दिदा तीन जना तथा अन्य सवारी दुर्घटनामागरि ६ जना घाइते

दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
सप्तरीको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परि ६ जना घाइते भएका छन् ।
पछिल्लो पटक मंगलबार जिल्लाको कंचनरुप नगरपालिका ८ बेरियरस्थित ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीको कार्यालय आगाडि पुर्व पश्चिम लोकमार्गमा म्याजिकले बसलाई ठक्कर दिाद म्याजिक चालकसहित तीन जना घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ आउदै गरेको को.१ज.२८९४ नं. को म्याजिकले बिपरित दिशातर्फ जादै गरेको को.१ख.४९९८ नं. को बसलाई ठक्कर दिदाँ दुबै सवारीमा सवार तीन जना घाइते भएका हुन् ।
घाइते हुनेमा म्याजिक चालक जिल्लाकै कंचनरुप ८ बस्ने २५ वर्षिय अशोक कुमार मण्डलको टाउँको र शरिरको विभिन्न भागमा चोट लाग्दा उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । यस्तै म्याजिकमा सवार स्थानिय ४० वर्षिय मुरालि पासवान र बसमा सवार सुनसरीको रामधुनि नगरपालिका २ बस्ने ७ वर्षिय आर्यान सरदार रहेका छन् ।
तीनै जनाको एमडिएस अस्पताल रुपनगरमा उपचार भईरहेको तथा बस, बस चालक र म्याजिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै सोमबार जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका ३ पोर्ताहस्थित राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको प्र.१–०१–००१५प.४९२४ न. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक घाइते भएका छन् ।
घाइते हुनेमा झापाको हरिबारि गाउँपालिका ३ बस्ने ३९ वर्षिय खगेन्द्रप्रसाद लिम्बु रहेको प्रहरीले जनाएको छ । उनको बाँया खुटामा चोट लागेकोले भारदह अस्पतालमा उपचार पश्चात थप उपचारका लागि धरान पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै सोमबारै राजबिराज नगरपालिका २ स्थित पुर्वबाट पश्चिम तर्फ आईरहेको ना.७ख. १८४१ नं.को ट्रकले तेतरीगाछीस्थित दोबाटोमा उत्तरबाट पुर्वतर्फ मोडिने क्रममा प्र.२–०१–००३प. ८५७२ नं.को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा मोटरसाइकल चालक सप्तरीकै विष्णुपुर १ थलही बस्ने २३ वर्षिय सरिफ मन्सुर र पछाडी सवार तिलाठि कोइलाडी ८ बस्ने २२ वर्षिय छोटु मन्सुरी रहेका छन् । दुबै जनाको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ