News Category 2079/12/14
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दै, सीमा नाकामा छैन सतर्कता

दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
छिमेकी मुलुक भारतको विभिन्न राज्यमा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । तर, सीमानाकामा भने सतर्कता अपनाइएको देखिन्न् ।
सप्तरीको तिलाठी, पातो, छिन्नमस्ता लगायतका नाकाबाट दैनिक सयौंको संख्यामा भारतबाट नेपाल प्रवेश गर्ने र नेपालबाट भारत जाने गरेका छन् । उनीहरुको स्वास्थ्य परिक्षण नगर्दा जोखिम बढेको स्वास्थ्यकर्मीहरु बताउँछन ।
केही महिना यता जिल्लामा कोरोना संक्रमण दर शून्यमा झरे पनि छिमेकी मुलुक भारतमा फेरी कोरोना भाईरसको संक्रमण बढ्न थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनिया लाल यादवले कोरोनाको संक्रमण सप्तरीमा पनि फैलिन सक्ने भएकाले सबै सर्वसाधारण सचेत रहन आग्रह गरेका छन् ।
नेपाल–भारत खुला सीमा नाकाबाट निर्वाध आवागमन भइरहेको तथा अधिकांशले मास्कको प्रयोग गर्न छाडेकाले समस्या निम्त्याउन सक्ने भन्दै उनले कोरोना संक्रमण पुनः पैmलन नदिन उच्च सतकर्ता अपनाउन सबै संग अपिल गरे । उनले पीसीआर ल्याब हाल बन्द भएकाले पनि कोरोनाको वास्तविक अवस्था बुझ्न कठिन भएको बताए ।
संघिय सरकारको मातहतमा रहेको गजेन्द्र नारायण सिंह अस्पतालमा यस अघि ठूलै लगानीम पिसीआर प्रयोगशाला स्थापना गरिएको थियो । तर, कर्मचारीको अभावमा हाल परिक्षण सेवा ठप्प भएको मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश साहले बताए ।
उक्त प्रयोगशाला गत बैशाख देखि नै बन्द रहेको अस्पतालका कर्मचारीहरुले बताएका छन । यता विगतमा नाकाहरुमा हेल्थ डेस्क स्थापना गरी परिक्षण गरिदै आएकोमा हाल ५÷६ महिना देखी सो कार्य पनि बन्द रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ