News Category 2079/12/15
तिलाठीको को. बर्साइनमा वर्थिङ सेन्टर उद्घाटन
दैनिक समाचारदाता
राजविराज, १५ चैत ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ को. बर्साइन स्वास्थ्य चौकीमा नवनिर्मित वर्थिङ सेन्टरको बुधबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले एक कार्यक्रमबीच वर्थिङ सेन्टरको उद्घाटन गरेका हुन् ।
उद्घाटनको अवसरमा बोल्दै अध्यक्ष मण्डलले शिक्षा, स्वास्थ्य, कृषि र रोजगार आफ्नो प्राथमिकतामा रहेकोले आफू ती क्षेत्रहरुको विकासका लागि लागिपरेको बताए । उनले वर्थिङ सेन्टरबाट सबै गर्भवति महिलालाई फाइदा पुग्ने बताउँदै अध्यक्ष यादवले सबै स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न बनाइने बताए ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले कुनै पनि गर्भवति महिलालाई सेवा लिन टाढा जानु नपरोस् भन्ने उदेश्यले वर्थिङ सेन्टर सञ्चालन गरिएको बताउँदै यसबाट लाभ लिन आग्रह गरे ।
स्वास्थ्य संस्था भवन निर्माणका लागि जग्गा दिएका शिवरतन रजक, डम्बर रजक, अम्बर रजक, सम्मर नारायण रजक, नारायण रजक, सूर्यनारायण रजक, हरिनारायण रजक र देव नारायण रजकलाई सो अवसरमा सम्मान गरिएको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष तथा स्वास्थ्य संस्था सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष ललन प्रसाद राउतको अध्यक्षतामा आयोजित सो कार्यक्रममा सेभ द चिल्ड्रेनका देवकृष्ण भगत, गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र झा, ब्यवस्थापन समितिका सदस्य देवराम शर्मा, स्वास्थ्य चौकी तिलाठीका प्रमुख दिपेन्द्र झासहितकाले शुभकामना ब्यक्त गरे ।
स्वास्थ्य चौकीका प्रमुख मनोज देवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा नवनिर्मित सो वर्थिङ सेन्टरमा सेभ द चिल्ड्रेनमार्फत सेभ द सप्तरीको समेत सहयोग रहेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ