News Category 2079/12/15
६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता
दैनिक समाचारदाता
राजविराज, १५ चैत ।
गत कात्तिक ६ गते करेन्ट लागेर एक युवकको मृत्यु भएको घटना बारे कंचनपुर इलाका प्रहरी कार्यालय सप्तरीले बुधबार उक्त घटना बारे खुलासा गरेको छ ।
इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी दीपक कुमार रायले ६ महिना अघि करेन्ट लागेर मृत्यु भएको भनिएको घटनालाई अनुसन्धान गरि हत्या गरिएको खुलासा गरेका छन् ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरीले कंचनरूप नगरपालिका ३ दास टोल निवासी मृतककी श्रीमती कोसीला देवी दासले आफ्नी देउरानी र भाउजु नाता पर्ने एक अर्की महिलाको सहयोगमा पति ३७ वर्षीय शिव शंकर दासको हत्या गरेको खुलासा गरेको जनाएको छ ।
गत कात्तिक ६ गते बिहान ६ बजेको समयमा आफ्नै घरभित्र करेन्ट लगाएर शिवशंकरको हत्या गरेको दासले प्रहरी समक्ष वयान दिएको इलाका प्रहरी कार्यालय कंचनपुर डिएसपी दीपक कुमार रायले जानकारी दिए । प्रहरीले हत्यामा संलग्न शिव शंकरकी श्रीमति कोसीला देवी, भाई बुहारी हिरण देवी र भाउजु नाता पर्ने शान्ती देवी दासलाई सोही पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।
घटनाक्रम अनुसार शिव शंकर र कोसीला देवीले छोरीको विवाह गर्न र बिमा गर्नका लागि स्थानीय भाउजु नाता पर्ने शान्ती देवी दाससँग पहिलो पटक एक लाख रुपैया ऋण लिएका थिए । सो ऋण चुक्ता नहुदैँ शान्ती देवीले कोसीलालाई कन्भिन्स गरेर शिवशंकरको जीवन बिमा गर्न लगाएका थिए । नेपाल लाइफ ईन्स्योरेन्स र सिटिजन लाईफ ईन्स्योरेन्समा २०÷२० लाखको बिमा गर्न लाग्ने २ लाख प्रिमियम शुल्क समेत ऋणको रुपमा शान्तिले कोसीलालाई दिएकी थिइन् ।
विवाह र बिमा गर्न ३ लाख रुपैया दिएकी शान्तिले कौसीला र शिवशंकरलाई दैनिक रुपमा धाक धम्की र गाली गलौज गर्दै आएकी थिइन् । शान्तिले अदालतमा कपाली कागज लगाएर जग्गा जमिन समेत रोक्का गराएकी कोसीलाको ऋण तिर्न शिव शंकर र कोसीला देवीले असमर्थता देखाएका थिए । पछि शान्तीदेवीले शिव शंकरको हत्या गरे बिमा वापत ठूलो रकम आउने र सो रकमबाट ऋण पनि चुक्ता हुने र अरु रकमसमेत आउने कुर कोसीला देवीलाई सुझाव दिएकी थिइन् । सोही अनुसार शान्ती देवीले २०७९ साल कात्तिक ५ गते शिव शंकरलाई आफ्नो घरमा बोलाई अत्यधिक मादक पदार्थ सेवन गरी घरतर्फ पठाएकी थिइन् ।
मादक पदार्थले मातेर घर गएका शिव शंकर भान्सा कोठामा गएर सुतेका थिए । घरमा सुतेका बेला शान्ती देवीले आफ्ना पति शिव शंकरको बायाँ हातको साहिँली औंलामा तार बेरेर बिजुलीको लाइन दिएर करेन्ट लगाएको वयानमा बताएको डीएसपी रायले जानकारी दिए । घरमा करेन्ट लगाउने कार्यमा कोसीला देवीलाई देउरानी हिरण देवी दासले सहयोग गरेको डीएसपी रायले बताए । करेन्ट लगाएर शिवशंकरको हत्या गरेपछि कोसीला देवीले आफ्नो पतिको करेन्ट लागेर मृत्यु भएको प्रहरीमा खबर गरेको उनले बताए ।
डिएसपी रायका अनुसार कोसीलाले शिवशंकरको मृत्युपछि सिटिजन लाईफ ईन्स्योरेन्समा बिमा बापतको ४० लाख ३० हजार रकम समेत भुक्तानी लिइसकेका छन् । र, नेपाल लाइफ ईन्स्योरेन्समा गरेको बीमाको रकम समेत लिने अन्तिम तयारीमा रहेकी थिइन् ।
प्रहरीले जिल्ला अदालत सप्तरीबाट कर्तव्य ज्यान मुद्दामा तीनै जनालाई म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ । पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी प्रमुख नरेन्द्र कुमार कार्कीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिँदै अनुसन्धानपछि थप विवरण खुल्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ