News Category 2079/12/16
तीन स्थानमा भएको आगलागिमा घर, गाईगोठ तथा परालको टालो जलेर नष्ट
दैनिक समाचारदाता
राजविराज, १६ चैत ।
सप्तरीको बोदेबरसाइन र हनुमाननगर कंकालिनी नगरपालिकामा भएको आगलागिमा घर, गाइगोठ तथा परालको टालो जल्दा ५ लाख ८६ हजार मुल्य बराबरको क्षति भएको छ ।
जिल्लाको बोदेबरर्साइन नगरपालिका ३ मधुवन टोलमा बिहीबार अचानक आगलागि हुँदा ४ लाख ८६ हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
सो आगलागिमा वडा नं. ३ मधुवन टोल बस्ने कपिल देव यादवको दुई कोठे र खाद्यान्न तथा अन्य सामानहरु जलेर नष्ट हुँदा ३ लाख २१ हजार मुल्य बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
यस्तै आगलागिमा हरी यादवको गाई गोठ र घर जलेर नष्ट हुँदा १ लाख, स्थानिय पवन कुमार यादवको गाईगोठ, खाद्यान्न, परालको टालो जलेर नष्ट हुँदा ८५ हजार र नन्दकिशोर यादवको गाईगोठ, खाद्यान्न जलेर नष्ट हुँदा ८० हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यस्तै बुधबार साँझ जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका १ सकरदही निवासी रामचन्द्र मण्डलको खेतमा राखेको परालको टालमा अचानक आगलागी हुँदा २० हजार तथा सोही नगरपालिका वडा नं. ४ बिराजि टोल निवासी राजेश्वर बिराजीको खेतमा राखेको परालको टालमा आगलागी हुँदा २५ हजार मुल्य बराबरको क्षति भएको छ ।
तीनै स्थानको आगलागि प्रहरी, स्थानियबासी तथा बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरीमा दिनहु जसो आगलागीका घटना हुन थाल्दा विषेश गरी ग्रामिण क्षेत्रका वासिन्दा त्रसित भएका छन । गर्मी बढेसंगै जिल्लामा २ साता यता आगलागीका १३ घटना भइ १ करोड ५० लाख भन्दा बढीको सम्पती जलेर नष्ट भएको प्रहरी तथ्याङ्कले देखएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ